May 11, 2021, Tuesday

काठमाडाैकाे तारकेश्वरमा बर्डफ्लु देखियाे !

नयाँ विकल्प

काठमाडाैं-काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ ।

तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले जानकारी दिए ।

केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै ‘र्यापिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ ।

बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए । केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ २९, १६: १३: १६

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ २९, १६: १३: १६

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ २९, १६: १३: १६

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP