नयाँ बिकल्प,
काठमाडौं । सरकारको दबाबमा प्रहरी लगाई पक्राउ गरिएकी नेकपा प्रचण्ड — माधव समूहकी नेतृ तथा प्रतिनिधिसभाकी निवर्तमान सदस्य रामकुमार झाँक्रीलाई प्रहरीले अहिले साँझ छाडेको छ ।
प्रहरीले घरमै लगेर छाडिदिने सर्तमा उनलाई रिहा गरिएको छ ।
राष्ट्रपतिविरुद्ध एक साताअघि गोरखामा आयोजित एक कार्यक्रममा अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले आज दिउँसो उनकै निवास नयाँ बानेश्वर शंखमुलबाट पक्राउ गरेको थियो ।
नेतृ झाँक्रीले आफूलाई कुनै उजुरीविना नै प्रहरीले पक्राउ गरेको बताएकी छन् । उनले सरकारको प्रत्यक्ष दबाबबाट प्रहरीले आफूलाई नियन्त्रणमा लिएको हिरासतमुक्त भएपछि सञ्चारकर्मीलाई बताइन् ।
‘मेरोविरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन । सरकारले प्रत्यक्ष दबाब दिएर नियन्त्रणमा लिने प्रयास गरेको रहेछ । राजनीतिक रूपमा ुह्यारेस्टमेन्टु गर्ने हिसाबले पक्राउ गरिएको हो’, रिहा पछि उनले भनिन् ।
झाँक्रीले आफ्नो रिहाइसँगै प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको दाबी गरिन् । दबाबका अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताईन् । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिबारे गोरखामा दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको छ ।
झाँकी पक्राउ विरोधमा राजनीतिक दल, दलका नेता र नागरिक समाजबाट समेत चर्को विरोध भएपछि सरकार उनलाई बिनासर्त रिहा गर्न बाध्य भएको थियो ।
सामाजिक सञ्जालमा झाँक्रीले बुधबार नेकपा प्रचण्ड माधव समूहको बिरोध सभामा बोलेको, जनआन्दोलनमा प्रहरी दमनबाट रक्ताम्य भएको र ११ वर्षअघि माघ २९ गते भएको बिबाहको तस्बीर भाईरल भएका छन् ।
उनलाई कतिपयले बैबाहिक वर्षगाँठमा प्रधानमन्त्री ओलीले गिरफ्तार गरेर गिफ्ट दिएको ब्यङ्ग्य पनि गरेका थिए । बिहीबार दिनभर सामाजिक सञ्जाल र राजनीतिक बृत्तमा झाँक्री गिरफ्तारीको बिरोधमा सरकारको आलोचना भएको थियो भने युवा तथा विद्यार्थी संगठनहरुले बिरोध प्रदर्शन गरेका थिए ।
उनको रिहाइ नगरिए आम हड्ताल गर्ने अनेरास्ववियूले चेतावनी दिएको थियो ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...