February 28, 2021, Sunday

सोनाम र म्याल्बो ल्होसारको अवसरमा मन्त्री ढकालको शुभकामना सन्देश

नयाँ विकल्प

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा शुभकामना सन्देश दिँदै सरकारले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै ती समूदायका भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको बताए । यस कार्यमा आम नागरिकको तर्फबाट सकारात्मक सहयोगको अपेक्षा रहेको बताए ।

“तामाङ जातिको रीतिथिति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्घन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्नेछ । शेर्पा समुदायको रीतिथिति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्घन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास व्यक्त गर्दछु ।” उनको सन्देशमा भनिएको छ, “सोनाम ल्होछार र ग्याल्बो ल्होछार मनाउने क्रममा विद्यमान कोभिड–१९ का संक्रमणप्रति ध्यान अनुरोध गर्दछु ।”

मन्त्री ढकालले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक एवं सामाजिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएकाले हाम्रो संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको पनि स्मरण गराए ।

सम्बन्धित समाचार

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु
सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु
  • २०७७ माघ ३०, ११: ४२: ५०

नयाँ बिकल्प, काठमाडौं । राजधानी काठमाडौंका वासिन्दाले जीवित संस्कृतिको सम्पदाको रुपमा मान्दै आएका सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र पुननिर्माण कार्यको...

प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
  • २०७७ माघ ३०, ११: ४२: ५०

नयाँ विकल्प काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ...

राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
  • २०७७ माघ ३०, ११: ४२: ५०

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...

भर्खरै

TOP