February 26, 2021, Friday

भापाको किचकबधमा आन्तरिक पर्यटक जुरमुराउँदै

झापा । कोडिभ–१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ ।

महाभारतकालीन कथासँग जोडिएको नेपालको महत्वपूर्ण पर्यटकीयस्थल किचकबध वनभोज खान आउने र घुम्न आउने आन्तरिक पर्यटकका कारण जुरमुराएको हो ।

वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा रहेको किचकबधस्थलमा प्रदेश सरकार र स्थानीय सरकारको पहलमा किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल संरक्षण समितिले वनभोजस्थल, बाल उद्यानसहितको बगैँचा निर्माण गरेको छ ।

यहाँ आउने पर्यटकको ध्यान बाल उद्यानभित्र राखिएको गैँडा र हात्तीको प्रतिमाले समेत खिच्ने गरेको समितिका अध्यक्ष दिलबहादुर थेबेले बताए ।

दैनिक १०० देखि २०० जनासम्म आन्तरिक पर्यटक आउन थालेको बताउँदै अध्यक्ष थेबेले भने, “अब कोरोनासँग मान्छे डराउन छाडेछन्, चहलपहल बढ्यो । शनिबार त चार÷पाँच सयसम्म आन्तरिक पर्यटक वनभोज खान र घुम्न आउँछन् ।”

चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुर नगरपालिका वडा नं २ मा १० बिघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाडाकुँडा र इँटाहरू पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।

हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्दै आएको छ भने मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको छ तर यस वर्ष भने कोभिड–१९ कारण मेला नलगाउने बताए ।

प्राकृतिक दृश्यावलोकनका लागि समेत सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबध परिसरमा सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर छ ।

दक्षिणी भागमा धर्मशालाका लागि बनाइएको दुईतले भवनमा प्रहरीको अस्थायी बिट र ब्यारेक छ । किचकबधस्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेको दुईवटा मूर्ति छन् ।

महाभारतकालीन कथाको किंवदन्ती जोडिएको झापाको महत्वपूर्ण स्थल भएको हुँदा किचकबधमा पर्यटकीय आकर्षणयुक्त वातावरण बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष ध्यान दिइरहेको भद्रपुर नगरपालिका–२ अध्यक्ष भीम केरुङले बताए । रासस

सम्बन्धित समाचार

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७७ माघ ३०, १२: ४३: २३

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ माघ ३०, १२: ४३: २३

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ माघ ३०, १२: ४३: २३

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP