May 11, 2021, Tuesday

मच्छिन्द्रनाथ, कुमारी छेँ र निवास तथा धर्मशाला पुननिर्माण गर्न भारतद्वारा १४२ करोड सहयोग


नयाँ बिकल्प,


काठमाडौं । सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठस्थित धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक तथा ठेकेदारहरुले शुक्रबार तीन वटै ठेक्का सम्झौंतामा हस्ताक्षर गरेका छन् ।

भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अधिकारी तथा अन्य साझेदारहरुको उपस्थितिमा सो हस्ताक्षर भएको हो ।

ललितपुरका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौें वडा नम्बर न २५ का वडा अध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिको सम्भझौता हस्ताक्षर समारोहमा उपस्थिति थियो ।

भूकम्पपछिको संरक्षण तथा पुनस्र्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदा भित्रकै यी तीन परियोजनाहरु हुन् ।

नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निमार्णका लागि भारत सरकारले प्रतिबद्घता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरु कार्यान्वयनको अवस्थामा रहेका छन् ।

सेतो मच्छिन्द्रनाथ मन्दिर एक महत्वपूर्ण जीवित सम्पदा हो जुन काठमाडौंको जनबहालमा रहेको छ । काठमाडौं उपत्यकालाई रक्षा गर्ने प्रमुख मन्दिरहरुमध्येकै एक उक्त सेतो मच्छिन्द्रनाथ मन्दिरलाई हिन्दु र बौद्घ दुवै धर्मावलम्बीहरुले पूजा आराधना गर्दछन् ।

६२ करोड ६० लाख रुपैयाँ लागतमा मन्दिरको जीर्णोद्वार र सबलीकरण गरिने भएको छ । रत्नाकर महाविहार भित्र अवस्थित कुमारी छेँ पाटनकी जीवित देवीको ऐतिहासिक घर हो ।

कुमारी छेँ नेवार बौद्ध समुदायको संस्कृति र परम्पराको केन्द्र हो र जीवित देवीसँग सम्बन्धित रितिरिवाजमा कुमारी निवासको महत्वपूर्ण सम्बन्ध छ । कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकासका लागि करिब ४५ करोड ६० लाख रुपैयाँ लाग्नेछ ।

दुई जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा र परम्पराको जर्गेना गर्दै सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेँ र कुमारी निवासको संरक्षण नेपालको प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षण गरिनेछ ।

यी परियोजनाहरुको निर्माण तथा संरक्षण एवम्स बलीकरण कार्य निरीक्षणका लागि भारतीय राष्ट्रिय कला तथा संस्कृति कोषलाई परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा चयन गरिएको छ । यी परियोजनाहरुको निर्माणमा भारतले नेपाल सरकारका अधिकारीहरुसँग मिलेर काम गर्नेछ ।

स्थानीय रुपमा नारायणथानको नामले परिचित बुढानीलकण्ठ मन्दिर भित्रकै परिसरमा धर्मशाला अवस्थित छ । ३३ करोड ४० लाख रुपैयाँको लागतमा सो धर्मशालाको निर्माण गरिने भएको भारतीय दुतावासले जनाएको छ ।

सो पवित्र मन्दिरमा आउने धर्मालम्बी र पर्यटक तथा तीर्थयात्रीका लागि सो धर्मशालाले सहजता प्रदान गर्ने अपेक्षा भारतले गरेको छ । सन् २०१९ नोभेम्बरमा भारतले यस बुढानीलकण्ठ मन्दिरका लागि करिब दुई करोड १८ लाख रुपैयाँमा मठाधीशको निर्माण गरेको थियो ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ ३०, २३: १४: २०

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ ३०, २३: १४: २०

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ ३०, २३: १४: २०

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP