नयाँ विकल्प ,
काठमाडाैं- नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि ¥याली तथा कोणसभा गरेको हो ।
कोणसभामा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए । नेपाल महिला सङ्घका महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताईन ।
भट्टलगायत आजसम्म बलात्कार र हत्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसङ्घले निरन्तर खबरदारी गर्ने सङ्घका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । पद्मकन्या क्याम्पसबाट शुरु भएको विरोध ¥याली पुतलीसडक घुमेर पुन पद्मकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो ।
नयाँ विकल्प काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ...
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...
नयाँ बिकल्प, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीशमाथी...