February 27, 2021, Saturday

जापानमा शक्तिशाली भूकम्प

नयाँ विकल्प

एजेन्सी- जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते भएका छन् । शुरुमा यो भूकम्प ७.१ म्याग्नीच्युडको मापन गरिएको थियो भने पछि यो भूकम्प ७.३ को भएको जापान मौसम विभागले जनाएको छ ।

सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ । केन्द्रविन्दु रहेको फुकुसिमा तथा मियागी प्रान्त, कान्तोलगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

शनिबार गएको सो भूकम्प सन् २०११ को ९.० म्याग्नीच्युडको भूकम्पको नै परकम्प भएको टोकियोको भूकम्प अनुसन्धान संस्थानका प्राध्यापक केन्जी सातकेले बताउनु भएको छ । सन् २०११ को भूकम्प को अति शक्तिशाली भएकोले १० वर्षपछि यसको परकम्प देखिनु अचम्म कुरा नभएको सातकेले बताएका छन् ।

सन् २०११ मा गएको ९.० म्याग्नीच्युडको भूकम्पपछिको सुनामीको कारण करिब १९ हजार व्यक्ति मारिनुको साथै वेपक्ता भएका थिए । त्यसैबीच जापानको नामिएमा आइतबार पुनः ५.१ म्याग्नीच्युड भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण सस्था(युएसजिएस)ले जनाएको छ ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ फाल्गुन २, १६: १९: ११

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ फाल्गुन २, १६: १९: ११

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ फाल्गुन २, १६: १९: ११

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP