June 21, 2021, Monday

अदालतको अवहेलना मुद्धा लागेका चार पूर्वप्रधानन्यायाधीश लिखित जवाफ बोकेर सर्वोच्चमा


नयाँ बिकल्प,

काठमाडौं ।
अदालतको अवहेलना मुद्दा लागेका चार जना पूर्वप्रधानन्यायाधीशहरु सोमबार बिहान सर्वोच्च अदालतमा उपस्थित भएका छन् । अदालतले चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई गत माघ १५ गते अवहेलना मुद्दामा लिखित जबाफसहित आफै उपस्थित हुन आदेश जारी गरेको थियो ।

अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको थियो । चार पूर्वप्रधानन्यायाधीश लिखित जबाफ बोकेर अदालत पुगेका छन् । उनीहरुको जबाफ अदालतमा पेश हुने प्रक्रियामा रहेको छ ।

चारै जना सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशले केही अघि संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु संवैधानिक र ाजनीतिक दृष्टिकोणले समेत अनुपयुक्त भएको भनी धारणा सार्वजनिक गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने गरी वक्तव्य आएको भन्दै उनीहरुबिरुद्ध रिट निवेदक सर्वोच्चमा हालिएको थियो ।

रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न इजलासले चार पूर्व प्रधानन्यायाधीशलाई आदेश दिएको थियो ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ फाल्गुन ३, १२: १६: ४२

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ फाल्गुन ३, १२: १६: ४२

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ फाल्गुन ३, १२: १६: ४२

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP