February 25, 2021, Thursday
निर्वाचन आयोगपछि प्रहरीमा राजनीतिक हस्तक्षेपको नमुना

झाँक्रीलाई मुद्धा नचालाएको झोंकमा अपराध महाशाखबाट थापालाई हटाएर खापुङ



नयाँ बिकल्प,


काठमाडौं । गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन कुनै हालतमा गराएरै छाड्ने भाषण गर्दै हिँडेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगपछि नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप तिब्र बनाएका छन् ।

आफू अनुकूल ३२ जनालाई संवैधानिक निकायको प्रमुख र सदस्यमा नियुक्तिसँगै निर्वाचन आयोगलाई समेत प्रभावमा पार्न हस्तक्षेप गर्दै आएका प्रधानमन्त्री ओलीले सोमबार आफूसँग फरक बिचार बोक्ने र विरोध गरेकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई झुटा मुद्धा लगाएर नफसाएको झोंकमा एक प्रहरी अधिकृतलाई सरुवा गरेका छन् ।

गत माघ २७ गते निर्वाचन आयोगमा आफै उपस्थित भएर नेकपाको दाहाल नेपाल समूहलाई आधिकारिकता नदिन भन्दै दबाब दिन गएका ओलीले २८ गते दाहाल नेपाल समूहको बिरोध सभाको भोलीपल्ट झाँक्रीलाई पक्रन प्रहरी परिचालन गरेका थिए ।

दाहाल नेपाल समूहकी प्रभावशाली नेतृ झाँक्रीलाई राज्यबिरुद्धको आरोपमा मुद्धा चलाउन पहिले प्रहरीले मौखिक बोलाउँदा नगएपछि उनलाई पक्राउ पूर्जी जारी गरि माघ २९ गते ५ घण्टा प्रहरीको नियन्त्रणमा राखेको थियो ।

महानगरिय प्रहरी अपराध महाशाखा प्रमुख दिपक थापाले झाँक्री पक्राउको दाबब महंगो सावित हुने र शान्ति सुरक्षामा असर पर्ने देखेर छाडिदिएका थिए । उनको विरुद्ध उजुरी कसैले पनि दर्ता नगरेपछि थापालाई मुद्धा चलाउन गाह्रो भएको थियो ।

तर प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा गृह मन्त्रालयले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुखको थापालाई सरुवा गरी त्यहाँ प्रधानमन्त्री ओलीका पूर्व बडी गार्ड एसएसपी चन्द्रकुवेर खापुङलाई लगेका छन् ।

गृह मन्त्रालय र अख्तियारको सचिव हुँदा हालका अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले खापुङलाई मालदार इकाइमा सरुवा गर्दै सिनियर सहकर्मीलाई पछि पार्दै बढुवा गराएका थिए । खापुुङलाई अपराध महाशाखामा काज सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।

अपराध महाशाखाका एसएसपी दिपक थापाको भने प्रहरी प्रधान कार्यालय, नक्साल सरुवा भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी मधुसुदन लुइँटेलको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा र बाग्मती प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी हरिराज वाग्लेको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

सम्बन्धित समाचार

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ फाल्गुन ३, १७: ४९: २९

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ फाल्गुन ३, १७: ४९: २९

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

इन्डोनेसियामा भारी वर्षाका कारण सुन खानीमा पहिरो
इन्डोनेसियामा भारी वर्षाका कारण सुन खानीमा पहिरो
  • २०७७ फाल्गुन ३, १७: ४९: २९

इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...

भर्खरै

TOP