भक्तपुर । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो ।
सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ । सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने छ । सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक रु २० र अन्य क्षेत्रमा विद्यार्थीलाई रु १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको छ ।
गुसौ, नाइजेरिया–अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना...
’नयाँ बिकल्प,काठमाडौं – दुुई वर्षअघि अर्थात २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई...
लन्डन–विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल...