हरारे । कोरोना भाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि फेरि थप गरिएको छ ।
कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताए ।
उनका अनुसार यसअघि छ हप्ता लागु गरिएको देशव्यापी लकडाउन अहिले दुई हप्ता थप्ने तयारी भएको हो ।
राष्ट्रपति मनङ्गवाले देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेक्रम नरोकिएकाले लकडाउन आवश्यक परेको बताए ।
व्यापार व्यवसाय गर्ने समय भने बढाइएको छ । दैनिक सातदेखि नौ घण्टासम्म व्यापार व्यवसाय गर्न पाइने व्यवस्था गरिएको छ । रातिको समयमा भने कफ्र्यु नै लगाइएको छ ।
लकडाउनको समयमा विद्यालयहरु भने पूर्ण रुपमा बन्द हुने भएको छ । त्यसैगरी अन्तर शहर र अन्तर प्रान्तस्तरीय भ्रमण पनि बन्द गराइएको छ भने भोजभतेर र भिडभाड पनि गर्न नपाइनेको व्यवस्था गरिएको छ ।
सबै गतिविधि गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड तथा निर्देशिकाअनुसार गर्न पनि सरकारले आह्वान गरेको छ ।
जिम्बाबेमा गत आइतबार एक दिनमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको थियो भने ६८ जना सङ्क्रमित भएका थिए । अधिकारीहरुकाअनुसार जिम्बाबेमा अहिलेसम्म झण्डै एक हजार ४०० जनाको मृत्यु भएको छ भने ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । रासस (सिन्ह्वा)
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...