February 26, 2021, Friday

विपन्न परिवारलाई कम्बल वितरण

नयाँ विकल्प
काठमाडौं । प्रगतिशील युवा समाज र वल्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।

चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले जयपृथ्वी नगरपालिकामा २०० र केदास्युँ गाउँपालिकामा २०० लाई कम्बल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

संस्थाले कोरोना महामारीको समयमा पनि समुदायस्तरमा दाल, चामल, सरसफाइका सामान तथा स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

गरीब, दुःखी, एकल महिला, बालबालिकालाई बेलाबेलामा खाद्यान्न, लत्ता कपडा दिएर आफूहरुलाई ठूलो सहयोग पुगेको जयपृथ्वी नगरपालिका भण्डार घर भएकी आलिकुली रोकायाले बताईन् । प्रगतिशील युवा समाज र वल्डभिजनको सहकार्यमा स्थानीय तहसँग समन्वय गरेर जोखिममा रहेका बालबालिकाको गुणस्तरीय शिक्षा, संरक्षण र जीविकोपार्जनका क्षेत्रमासमेत संस्थाले काम गर्दै आएको छ । रासस्

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ फाल्गुन ४, १५: ३१: १६

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ फाल्गुन ४, १५: ३१: १६

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ फाल्गुन ४, १५: ३१: १६

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP