May 11, 2021, Tuesday

भागरथी हत्या प्रकरण : आरोपित दिनेश भट्ट पक्राउ

नयाँ विकल्प

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

भट्टलाइ मंगलबार पक्राउ गरिएकाे र आजै जिल्ला अदालतबाट म्याद थप पछि उनलाइ प्रहरीले सार्वजनिक गर्ने जनाएकाे छ । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंह का अनुसार भट्टले पारिवारिक रिसइबीका कारण हत्या गरेको प्रहरीसमक्ष स्विकार गरिसकेका छन् ।

सिंहले पक्राउ परेका भट्ट नातामा आफन्त पर्ने ब्याक्ति रहेकाे समेत बताए । प्रहरीले उनलाइ क्लाेज सर्भिलेन्समा राखेर पहिल्यै देखि अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

२१ माघ २०७७ मा विद्यालयबाट घर फर्कर्दै गरेकी उनको बलात्कारपछि हत्या भएको थियो ।

भागीरथीकाे शव भोलीपल्ट दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल भेटिएको थियो

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन ५, ११: २४: १९

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन ५, ११: २४: १९

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन ५, ११: २४: १९

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP