June 20, 2021, Sunday

पत्रकार महासंघको २६औं महाधिवेशन उद्घाटन


नयाँ बिकल्प,
काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन बुधबारदेखि राजधानीमा शुरु भएको छ । महासंघको सो महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहबीच उद्घाटन गरेका हुन् ।

२६ औं महाधिवेशनका लागि महासंघले ‘प्रेस स्वतन्त्रताका आधारः सुरक्षित र व्यावसायिक पत्रकार’ भन्ने नारा अघि सारेको छ । महाधिवेशनकै क्रममा महासंघले विभिन्न विधाका पुरस्कारसमेत वितरण गरेको छ ।

उद्घाटनसत्रपछि बुधबार नै बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा महासंघका महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गरेको प्रतिवेदन पेश भएको छ ।

महासंघको नयाँ विधानअनुसार केन्द्रीय महाधिवेशन सकिएको एक महिनाभित्र महासंघका केन्द्र, प्रदेश र प्रतिष्ठान गरी तीनवटै तहको नयाँ कार्यसमिति चयन गर्नुपर्ने हुन्छ ।

महासंघका सबै शाखामा एकैदिन नयाँ कार्यसमितिका लागि मतदान हुने महासंघका सचिव रामप्रसाद दाहालले बताए ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे,  बारअनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे, बारअनुसार पसल खोल्न पाइने
  • २०७७ फाल्गुन ५, १५: १३: २५

नयाँ विकल्प, काठमाडाैं- उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार...

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ फाल्गुन ५, १५: १३: २५

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७७ फाल्गुन ५, १५: १३: २५

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

भर्खरै

TOP