May 6, 2021, Thursday

सेयरबजार हाल सम्मकै उच्च विन्दुमाः बैंकहरुमा झुम्मिए लगानीकर्ता

नयाँ विकल्प

काठमाडौं- बैंकिङ समूहमा तेजी देखिएको छ । बैंकहरुको सेयरतर्फ लगानीकर्ता आकर्षित हुन थालेपछि भाउहरु क्रमशः बढ्न थालेको हो ।

केही वाणिज्य बैंकहरुको कारोबार रकम ठूलो देखिएको छ । बैंकिङ समूहमा तेजी आएकै कारण नेप्से सूचक २६०० विन्दु माथि टिक्न समेत सक्ष्म भएको छ । बैंकहरुको नाफा, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपात लगायतका सूचकहरु हेर्दा पनि भाउ तुलनात्मकरुपमा निकै तल देखिन्छ ।

औसतमा भाउ सस्तो भएपछि लगानीकर्ताहरु यतातर्फ आकर्षित भएको अनुमान छ । तथापि, बैंकहरुको भाउ सुस्त हिसाबले वृद्धि भइरहेको छ । कारोबार भएका सेयर कित्ता र रकम पनि राम्रो छ । बैंकहरुमा उत्साह देखिएका बेला अरु धेरैजसो समूहहरुको भाउमा भने करेक्सन आएको छ । यसअघि अरु समूहमा चमक आउँदा बैंकहरु सुस्त बनेका थिए । यसआधारमा समूह घुमाईघुमाई कारोबार भइरहेको देखिन्छ ।

यसले बजारलाई पनि थप परिपक्व बनाएको विश्लेषणहरु भइरहेका छन् । बुधबार बैंकिङसहित ट्रेडिङ लगायत समूह पनि चम्किएका छन् । सेयर बजार बुल रनमा हिँडिरहेको छ । बुलिस बजारलाई बैंक तरलता र सस्तो ब्याजदरले साथ दिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर सजिलै कर्जा दिइरहेका छन् । चक्रीय नियम अनुसार पनि बजार अझै लामो समय बुल रनमै हिँड्ने विश्लेषणहरु भइरहेका छन् ।

यसपटक हकप्रदको बाढी नआएकाले पनि कम्पनीहरुको प्रतिसेयर आम्दानी, नेटवर्थ लगायतका महत्वपूर्ण सूचकहरुमा खासै असर नगर्ने देखिएको छ । यता, सेयर बजारमा प्रविधिले फड्को मारेको छ । अनलाइन प्रणालीका कारण लगानीकर्ताले स्वदेश तथा विदेश जहाँसुकै बसेर सजिलै कारोबार गर्न सक्ने अवस्था । सेयर बजारका लागि यी सबैभन्दा महत्वपूर्ण सुधारका पक्ष हुन् । यसले पनि दीर्घकालमा बजारको भविष्य उज्जवल रहेको देखाउँछ ।

त्यसो त बजारमा अल्पकालीन लगानीकर्ता जतिबेला पनि सक्रिय रहेका हुन्छन् । उनीहरु आफ्नो योजना अनुसार निश्चित प्रतिशत नाफा भएपछि बुक गर्छन् । यसर्थ, लगानीकर्ताले आफू अल्पकालीन कारोबारी बन्ने कि दीर्घकालीन लगानीकर्ता भनेर ख्याल गर्न सक्नुपर्छ ।

सोही अनुसार आफ्नो रणनीति बनाउन आवश्यक हुन्छ । सेयर बजार सधैं एउटै र सीधा बाटो हिँडदै हिँड्दैन । बाँगांटिंगो अनि तलमाथि गर्दै अघि बढ्ने गर्छ । यसतर्फ पनि लगानीकर्ता सचेत हुन आवश्यक छ ।

लगानीकर्ताले नेप्से सूचकलाई मात्र आधार बनाउनुृ हुँदैन । विशेषगरी आफूले लगानी गरेका कम्पनीहरुमा ध्यान केन्द्रित गर्न सक्नुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ ।

नेप्से सूचक ९.९४ अंकले बढेर २६११.४५ विन्दुमा आइपुगेको छ । ८ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । २०३ कम्पनीको १ करोड ७६ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । बैंकिङ समूह २९.७७ अंकले वृद्धि भएको छ ।

४ कम्पनीको भाउ करिब सर्किट लाग्ने तहमा वृद्धि भएको छ । कारोबार रकममा नेपाल इन्फ्रास्टक्चर बैंक ६९ करोड रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रोमा नबिल र तेस्रोमा ग्लोबल आइएमई बैंक परेका छन् ।नेपाली पैसाबाट

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ फाल्गुन ५, १७: ०२: ५२

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ फाल्गुन ५, १७: ०२: ५२

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ फाल्गुन ५, १७: ०२: ५२

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP