नयाँ बिकल्प,
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातर्फ धकेलेको बताएका छन् ।
नेपाल पत्रकार महासंघको २६ औं साधारण सभाको बुधबार राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रधानमन्त्रीले संसद भंग गरेर सही नगरेको टिप्पणी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसको बिरुद्धमा सत्तारुढ नेकपाकै पुष्पमकल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले विरोधका कार्यक्रम गरिरहेको छ ।
उनले भने, ‘संविधान कार्यान्वयनको शुरुवाती चरणमै प्रतिनिधिसभा भंग हुनु गलत छ । यसले राजनीतिलाई सही दिशामा लैजाँदैन । संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको छ यो गलत कदम सच्चिनु पर्छ ।’
उनले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद पुनःस्थापना हुनुपर्ने बताए । पूर्वप्रधानन्यायाधीशहरुले समेत संसद विघटन असंवैधानिक भनेको उल्लेख गर्दै पुनले संसद पुनस्थापनाले मात्रै निकास दिने बताए ।
महाधिवेशन उद्घाटन कार्यक्रममा संचार मन्त्री पार्वत गुरुङले प्रतिनिधिसभाको निर्वाचन घोषणा गर्नु प्रतिगमन नभएर अग्रगमन भएको दाबी गरे ।
नयाँ बिकल्प,तुलसीपुर – पुनरावेदन अदालतका एक न्यायाधीशकी श्रीमती समेत रहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको दाङ जिल्ला कमिटी...
नयाँ विकल्पचितवन–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन...
नयाँ विकल्पसोलुखुम्बु–योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको...