May 11, 2021, Tuesday

कांग्रेसको १४औं महाधिवेशन भदौ ७ – १० मा प्रस्ताव, कार्यतालिकासहित


नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ ।

पार्टीका अर्का नेता रामचन्द्र पौडेल र उनी निकटका केन्द्रीय सदस्यहरुको सहमति विपरित पार्टी महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरिएपछि त्यसमा सहमति जुटाउन केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि बोलाइएको छ ।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा पेश गरेको महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ र नगरपालिकाको वडा अधिवेशनको लागि २०७८ साल असार २० गते, गाउँ र नगरपालिका अधिवेशनको लागि असार २२ गते मिति प्रस्ताव गरिएको छ ।

त्यस्तै, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन वा एक मात्र प्रतिनिधिसभा निर्वाचन भएको जिल्लाको जिल्ला अधिवेशन असार २७ गते, एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असार ३० गते र ७ वटा प्रदेशमा प्रदेश अधिवेशन साउन ६ गते गर्नको लागि प्रस्ताव गरिएको छ ।

महामन्त्री खड्काको प्रस्तावमा फागुन १५ भित्र प्रादेशिक संरचना अनुसार पार्टीका तल्ला तहमा समायोजन प्रक्रिया टुंग्याउनु पर्ने, फागुन १२ गते भित्र नयाँ क्रियाशिल सदस्यता वितरण र नविकरण गरी वडा कार्यसमितिले पालिका कार्यसमितिलाई बुझाई सक्नु पर्ने कार्यतालिका प्रस्तुत गरिएको छ ।

त्यस्तै, फागुन १५ भित्र पालिकाले प्रदेश सभा क्षेत्रिय कार्यसमितिसमक्ष, फागुन २० भित्र प्रदेशसभा क्षेत्रीय कार्यमितिले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति समक्ष र फागुन २८ गते भित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिलाई नयाँ सदस्यता र नविकरणको सूची बुझाई सक्नु पर्ने छ ।

यस्तै, नयाँ क्रियाशिल सदस्यता र नविकरणको नामावली जिल्लाकार्यसमितिले चैत १० गते भित्र बुझाउनु पर्ने प्रस्ताव गरिएको छ भने सदस्यता वितरणमा परेको उजुरीमाथि छानबिन गरी केन्द्रमा पठाउने अवधि चैत मसान्तसम्म तोकेको छ ।

सदस्यताको अन्तिम निर्णय गरी सभापतिलाई बुझाउने समय जेठ मसान्तसम्मको लागि तोकिएको छ भने सभापतिबाट प्रमाणीत भएको सदस्यताको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने मिति असार ७ गते भित्र भनी तोकिएको छ ।

सो प्रस्तावमा प्रधानमन्त्री ओलीले घोषणा गरेको मध्यावधि निर्वाचनलाई ध्यानमा राख्दै चैत मसान्तदेखि जेठसम्म महाधिवेशनका खास सघन रुपमा सम्पादन गर्नु पर्ने कार्यतालिका राखिएको छैन । सरकारले आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभाको नयाँ निर्वाचनको मिति तोकेको छ ।

महामन्त्री खड्काले प्रस्तुत गरेको सो प्रस्ताव उपर नेता रामचन्द्र पौडेलले असहमति जनाएका थिए भने केन्द्रीय सदस्य बीरबहादुर बलायरले समर्थन गरेका थिए ।

बुधबारको बैठकमा विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि १ एक वर्ष थप गर्दा समेत महाधिवेशन गर्न नसकेको असाधरण स्थिति पैदा भएकोमा नेपालको संविधानको धारा २६९ (४) (ख) बमोजिम पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ महिना थप गर्न विधानको धारा ४३ मा व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन ५, २२: ४१: ४४

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन ५, २२: ४१: ४४

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन ५, २२: ४१: ४४

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP