नयाँ विकल्प
काठमाडाैं- प्रचण्ड’को सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको भारी कटौतीसँगै उनको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ।
यसअघि प्रचण्डको सुरक्षामा अघि र पछि जनपथ र सशस्त्र प्रहरीको गाडीले सुरक्षा दिने गरेको थियो। सुरक्षाकर्मीको संख्या कटौती भएसँगै सरकारले दाहाललाई दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली खटाएको छ।
सुरक्षा चुनौतीलाई ध्यान दिएर पूर्वजनमुक्ति सेनाको टोली खटाइएको बताइएकाे छ । १० जनाको पूर्व जनमुक्ति सेनाकाे टोलीको गाडी प्रचण्डको गाडीभन्दा अघि हिँड्ने गरेको छ । यो टोलीले हातहतियार भने बाेकेकाे छैन् ।
यसअघि प्रचण्डकाे सुरक्षाकालागि सशस्त्र प्रहरीले निरीक्षकसहित ४७ जना दाहालको सुरक्षामा खटाइएको थियो। गृह मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जनामात्र सुरक्षाकर्मी दिइने उल्लेख छ।
दाहालको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकसहित २७ जना सुरक्षाकर्मी थिए। प्रचण्डको सुरक्षा लागि अहिले १६ र नेपाल प्रहरीबाट दुई जनाबाहेक सबै सुरक्षाकर्मी फिर्ता गरिएका छन्।
नयाँ विकल्प, काठमाडाैं- संसद बैठक र सरकार गठनबारे रणनीति तय गर्न नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ ।...
नयाँ विकल्प इलाम – रोङ गाउँपालिका–२ बस्ने २८ वर्षीय को प्रितम राई पाँच वर्षपछि प्रहरीको पञ्जामा परे । जबर्जस्ती करणीका...
नयाँ विकल्प सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको...