May 13, 2021, Thursday

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । जनसेवा समाज नेपाल र डिटुएन फाउण्डेशन अमेरिकाको साझेदारीमा खोटाङका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

अमेरिकी सहयोगमा जनसेवा समाज नेपाल जालपाद्वारा सञ्चालित कोरोना सहायता परियोजनाअन्तर्गत दूरदराजमा रहेका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बुधबारदेखि स्वास्थ्य शिविर शुरु गरिएको हो ।

काठमाडौं। जनसेवा सामुदायिक अस्पताल जालपासँगको सहआयोजनामा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाबाट शुरु गरिएको स्वास्थ्य शिविरमा विशेषज्ञसहितको टोली सहभागी भएका थिए ।

वडा नं ३ ऐसेलुखर्क बजारमा आयोजना गरिएको स्वास्थ्य शिविरको पहिलो दिन २२४ जनाको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभयो ।

ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल, माक्पा, राखाबाङङ्देल, ऐसेलुखर्क, महेश्वरी र जलेश्वरीका सर्वसाधारणलाई ललक्ष्य गरेर विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

शिविरमा सामान्य स्वास्थ्य जाँच, आँखा, दाँत, भिडियो एक्स–रे, आमा तथा शिशुको स्वास्थ्य परीक्षण, सर्भाइकल परीक्षणलगायतका सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

स्थानीय बासिन्दाको गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि सेवाग्राहीसमेत हर्षित भएका छन् । पन्ध्र श्ययाको एक मात्र सरकारी अस्पताल रहेको जिल्लामा दूरदराजका स्थानीय बासिन्दाका लागि सामान्य किसिमको बिरामी पर्दासमेत ठूलो आर्थिकभार व्यहोरेर स्वास्थ्योपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ ।

यस्तै फागुन ८ र ९ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेँसी गाउँपालिकाको हरमटार र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिविरको तयारी गरिएको छ ।

विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका, शारीरिक अपाङ्गता भएका नागरिक तथा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको आयोजकले बताएको छ । निःशुल्क स्वास्थ्य शिविरमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले सहजीकरणको काम गरिरहेका छन् ।

स्वास्थ्य शिविरमा जनसेवा सामुदायिक अस्पतालका एक जना एमडिजिपी, दुई मेडिकल अधिकृत, एक बालरोग विशेषज्ञ र एक दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रका स्थानीय तथा विपन्न समुदायको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच विस्तार गर्ने उद्देश्यका साथ विसं २०६९ मा जनसेवा सामुदायिक अस्पताल स्थापना गरिएको हो ।

सम्बन्धित समाचार

एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
  • २०७७ फाल्गुन ६, १६: २२: ०३

नयाँ विकल्प, काठमाडाैं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास...

सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
  • २०७७ फाल्गुन ६, १६: २२: ०३

नयाँ विकल्प, काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे सत्ता संकटमा परेपछि माधव नेपाललाइ फकाउन ओली निकट नेताहरू नेपाल निवासमा पुगेका छन्...

सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु
सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु
  • २०७७ फाल्गुन ६, १६: २२: ०३

नयाँ विकल्प, काठमाडाैं- सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको छ। स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही...

भर्खरै

TOP