February 26, 2021, Friday

शरणार्र्थी बस्तीमा विष्फोटमा चार बालबालिकाको मृत्यु

युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्र्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ ।

बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त बम विस्फोट हुँदा बालबालिकाहरु ग्रेनेड काट्ने कोशिस गरिरहेका थिए । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य छ जना गम्भीर घाइते भएका प्रहरीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

घाइतेहरु मध्ये एक बालकको मृत्यु भएको जनाइएको छ । घाइते अन्य पाँच बच्चाहरुलाई थप उपचारको लागि आद्जुमनी अस्पतालमा सारिएको बताइएको छ ।

संयुक्तराष्ट्र संघ शरणार्थी निकायको तथ्यांकअनुसार माजी दोस्रो शरणार्थी बस्तीमा छिमेकी राष्ट्र दक्षिण सुडानबाट आएका १७ हजार भन्दा बढी शरणार्थीहरु रहेका छन् । (रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७७ फाल्गुन ६, १६: २७: ३८

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ फाल्गुन ६, १६: २७: ३८

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ फाल्गुन ६, १६: २७: ३८

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP