June 21, 2021, Monday
सभापतिमाथि नेता पौडेलको प्रश्न

‘संसद विघटन असंवैधानिक’ भनेर निर्णय गरेपछि नेतृत्वबाटै भ्रमपूर्ण कुरा किन ?



नयाँ बिकल्प,
पोखरा । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक भनेर निण्र्ढाय गरेपनि नेतृत्वले नै भ्रम छर्ने काम गरेको आरोप लगाएका छन् ।

नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई बिहीबार पोखरामा संवोधन गर्दै नेता पौडेलले केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेर निर्णय गरिसकेको अवस्थामा भ्रमणपूर्ण कुरा नगर्न सभापति देउवालाई चेतावनी सेमत दिए ।

‘पार्टी कैठकको निर्णय अनुसार नै कांग्रेसले देशभर ¥याली गर्यो, बिरोध सभा गर्यो र आफूलाई लोकतन्त्रको रक्षाका लागि विरोधमा उतारेको छ’, पौडेलले देउवातर्फ संकेत गर्दै भने, ‘तर, केही नेताले नै जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने ? जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?’

देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर आन्दोलन नगर्ने, तर पुनस्थार्पना वा चुनाव जे फैसला गर्छ स्वीकार गर्ने भनेका थिए । पौडेलले संविधानमाथि हमला गरेको बेला अदालतले के गर्छ भनेर हेरेर बस्नुभन्दा लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्नु पर्ने बताए ।

उनले भने ‘अदालतले फैसला गर्दा संविधानमा जे लेखेको छ, त्यही गर्छ । अनि कांग्रेसले किन नभन्ने ?’ पौडेलले संविधान र लोकतन्त्र बच्यो भने मात्र चुनावको अर्थ हुने भन्दै चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो भने ।

पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा समेत नेता पौडेलले संसद पुनस्र्थापना हुनुपर्छ, संवैधानिक परिषदले गरेको नियुक्ति खारेज गर्नुपर्छ र प्रदेश सरकारविरुद्ध आएको अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गर्नु पर्ने प्रस्ताव गरेका थिए । तर पौडेलको प्रस्तावलाई देउवालाई ठाडै अश्विकार गरेका थिए ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ फाल्गुन ६, १६: ५९: ५६

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ फाल्गुन ६, १६: ५९: ५६

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ फाल्गुन ६, १६: ५९: ५६

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP