June 19, 2021, Saturday

सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

नयाँ विकल्प

काठमाडौं- देशका विभिन्न स्थानमा भएकाे सवारी दुर्घटनामा ९ जनाकाे ज्यान गएकाे छ । प्रहरी प्रधान कार्यालय काठमाडाैंका अनुसार रौतहट, रुपन्देही, धनुषा, सुनसरी, कञ्चनपुर, सप्तरी र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

रौतहटकाे चन्द्रपुर नगरपालिका-१० गौर चपुर सडकमा ना.७ त १३२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार चन्द्रपुर नगरपालिका-९ चेतनगर विर्ता बस्ने ६२ वर्षीया कलावती चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको चपुरस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ७ जना मध्ये ६ जना उपचार पश्चात डिश्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै रुपन्देहीकाे तिलोत्तमा नगरपालिका-१५ मधवलियास्थित सडकमा ना.३ ख ८१५२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण गैरेको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको मणिग्राम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

  रुपन्देहीकै देवदह नगरपालिका-१० चरङ्गे जंगलस्थित सडकमा लु.४३ प ६८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक देवदह नगरपालिका-८ बस्ने २७ वर्षीय राम बहादुर थापा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

 धनुषाकाे गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहास्थित सडकमा प्रदेश २-०३-००१ ख ४६४ नम्बरको मिनीट्रक र लु.५१ प ४१५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका-८ बस्ने २५ वर्षीय भगवान बाबु यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 सुनसरीकाे ईटहरी उपमहानगरपालिका-१६ लबिपुरस्थित सडकमा ना.४ ख ९९११ नम्बरको तेलको ट्याङ्करको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपलिका-१६ बस्ने ६५ वर्षीया सोम्नी चौधरीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

 कञ्चनपुरकाे पुनर्वास नगरपालिका-१ ढक्कास्थित सडकमा ना.४४ प ९७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बेलैरी नगरपालिका-८ कलकत्ता बिसपुरी बस्ने २३ वर्षीय गोबिन्द चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय हिक्मत चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 सप्तरीकाे बोदेबर्साइन नगरपालिका-७ हैटीस्थित सडकमा  स.११ प ४६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हँदा मोटरसाइकल चालक सप्तरी खडक नगरपालिका-९ लालपट्टी बस्ने २८ वर्षीय मो.लियाकतको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जीवन दिप अस्पताल बोदेबरसाईनमा उपचारको क्रममा मृत्यु भएको हो ।

 मकवानपुरकाे मनहरी गाउँपालिका-८ स्थित सडकमा ना.६ ख ३४२७ नम्बरको ट्रकले बा.४२ प २५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिमपानी बस्ने ३० वर्षीय जनक ढकालको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित समाचार

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७७ फाल्गुन ७, १२: २२: ४४

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७७ फाल्गुन ७, १२: २२: ४४

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७७ फाल्गुन ७, १२: २२: ४४

नयाँ विकल्प काठमाडौं – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको...

भर्खरै

TOP