June 20, 2021, Sunday

राजवंशी समुदायलाई जातिजातिमा सूचीकृत गरिनेः मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट) लाई १२८औँ जातजातिमा सूचीकृत गर्ने बताएका छन् ।

राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय कार्यालयद्वारा आयोजित १४औं वृहत् भेलामा उनले अहिलेसम्म १२५ जातजाति सूचीकृत भएको र अन्य दुईसहित यो समुदायलाई पनि सूचीकृत गर्न चाँडै सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने बताए ।

मन्त्री ढकालले राजवंशी समुदाय यस क्षेत्रको आदिवासी तथा भूमिपुत्र हुनका साथै रैथाने समुदाय भएकाले उनीहरुलाई राज्यबाट सम्मान गर्ने कार्यका कहिले विभेद नहुने बताए ।

उनले विगत १४ वर्षदेखि सूचीकृत हुन आन्दोलित यस समुदायलाई त्यसअघि सरकारले नगरेकामा दुःख व्यक्त गर्दै वर्तमान सरकारले आन्दोलन नगरी अधिकार प्रदान गर्ने बताए ।

मन्त्री ढकालले राजवंशीलाई आदिवादी जनजातिमा सूचीकृत गरी प्रदान गर्नुपर्ने सुविधा प्रवाह गरेको बताउँदै यस सम्बन्धमा अन्य कुनै अर्को समुदायले सुविधा उपयोग गरेका सम्बन्धमा चनाखो हुन आग्रह गरे ।

वर्तमान अवस्थामा हिमालले मात्र पर्यटन प्रवद्र्धन नहुनाले राष्ट्रमा रहेका मौलिक संस्कार, भाषा, संस्कृति, खाद्य परिकार, पहिरन र धर्मलाई जोडेर जानुपर्ने आवश्यकता रहेको बताए ।

समिति (विराट) का केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलले राजवंंशीको अलग्गै, भाषा, पहिचान एवं संस्कृति भएपनि विगत १३ वर्षदेखि राज्यले सूचीकृतका लागि सम्बोधन नगरेकामा गुनासो व्यक्त गरे।

नेकपाका केन्द्रीय सदस्य सत्यनारायण चौधरी, थारु कल्याणकारी सभाका मोरङ अध्यक्ष प्रदीप भगत, राजवंशी संस्कृतिका अध्यक्ष कुशेश्वर राजवंशी, गुप्त नारायण मण्डल, राप्रपा मोरङ अध्यक्ष माधव आचार्य, राजकुमार राजवंशी, कला राजवंशी र प्रदीपकुमार विश्वासले समुदायका सम्पूर्ण सदस्यहरुले आगामी विसं २०७८ हुने राष्ट्रिय जनगणनामा राजवंशी (विराट) उल्लेख गर्नुपर्नेमा जोड दिए ।

मोरङ, झापा र सुनसरीमा अधिकांश राजवंशी (विराट)हरुको वासोबास रहेको र उनीहरुको जनसङ्ख्या एक लाखभन्दा वढी रहेको समुदायका सदस्य सूर्यनारायण राजवंशीले बताउँदै, राजवंशी समुदायमा पुरुषले धोती, गम्छा र पाइजामा लगाउने गर्दछन् भने महिलाको सारी र चोलो पहिरन रहेको छ ।

सम्बन्धित समाचार

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७७ फाल्गुन ७, १२: ३०: ५९

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
  • २०७७ फाल्गुन ७, १२: ३०: ५९

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा पुनः दोहोरिने चाहना प्रकट गरेका छन्।पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको...

कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन
कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन
  • २०७७ फाल्गुन ७, १२: ३०: ५९

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ। सुर्खेतमा कोरोना संक्रमण भएका...

भर्खरै

TOP