February 24, 2021, Wednesday

समाजसेवी तथा कांग्रेस नेता मित्रसेन दाहालको निधन


नयाँ बिकल्प,
काठमाडौं । समाजसेवी संस्था जेपी फाउण्डेसनका संस्थापक मित्रसेन दाहालको आज निधन भएको छ ।
नेपाली कांग्रेस ओखलढुंगाका महासमिति सदस्य एवम् जिल्ला कार्यसमितिका पूर्वसचिव दाहालको शुक्रबार ९बजेर ४५ मिनेट जाँदा काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो ।

२०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा जन्मिएका दाहाल २०७४ को प्रदेश सभा निर्वाचनमा ओखलढुंगाको निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेश सभा निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार थिए ।

कांग्रेसद्वारा संचालित २०४२ को सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन विताएका दाहाल राजनीतिक क्षेत्रको साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न थिए । काठमाडौंको लप्सेफेदीस्थित मैत्री सेवाश्रम स्थापना गरी सामाजिक क्षेत्रमा पुर्याएको योगदानको सर्बत्र चर्चा गरिने गरिन्छ ।

दाहालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वर्गीय दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको आज पशुपति आर्यघाटमा हिन्दुु धर्म अनुसार अन्त्येष्टि गरिँदैछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् ।

सम्बन्धित समाचार

विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
  • २०७७ फाल्गुन ७, १५: ०३: १८

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...

ओली पक्षकाे बालुवाटार भेलाः   ताेकिएकाे समयमा भित्र संसद बैठक बाेलाउने निर्णय
ओली पक्षकाे बालुवाटार भेलाः ताेकिएकाे समयमा भित्र संसद बैठक बाेलाउने निर्णय
  • २०७७ फाल्गुन ७, १५: ०३: १८

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...

प्रतिनिधिसभा पुनर्स्थापनापछि देउवासँग प्रचण्ड–माधवको  छलफल
प्रतिनिधिसभा पुनर्स्थापनापछि देउवासँग प्रचण्ड–माधवको छलफल
  • २०७७ फाल्गुन ७, १५: ०३: १८

नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...

भर्खरै

TOP