नयाँ बिकल्प,
काठमाडौ – नेपाली काँग्रेस स्थानीय तह समन्वय विभागले एक दिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।
विभाग गठनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार भएको बैठकले विभागका सदस्यहरुको कार्यक्षेत्र, गर्नुपर्ने काम, पार्टीलाई मजबुत पार्नका लागि स्थानीय तह समन्वय विभागले खेल्नुपर्ने भुमिकाका बारेमा फागुन ११ गते एक दिने प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।
विभागका प्रमुख तथा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको अध्यक्षतामा बसेको सो बैठकले पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘विभागमा बस्नेहरुको भावनाअनुसार विभागको कार्यक्षेत्र, विभागको भूमिका, काम र पार्टीलाई मजबुत बनाउन विभागको दायित्व र जिम्मेबारी सम्बन्धमा विभागका सदस्यलाई सम्बन्धित क्षेत्रका विज्ञहरुलाई बोलाएर प्रशिक्षण दिने निर्णय गरेका छौ’ विभाग प्रमुख जोशीले भने ।
बैठकमा सात वटै प्रदेशबाट सहभागी सदस्यहरु र विभागका सचिव नहकुल केसीलाई विभाग प्रमुख जोशीले मनोनयन पत्र बितरण गरेका थिए । विभागले यसअघि भर्चुअल रुपमा बैठक सञ्चालन गर्दै आएको थियो । प्रत्यक्ष उपस्थित भएर आयोजना गरेको यो बैठक पहिलो हो ।
बैठकमा अघिल्ला भर्चुअल बैठकको प्रगति समिक्षा, विभिन्न प्रदेशस्तरीय समन्वय बैठकका बारेमा छलफल भएको थियो । विभागमा हाल प्रमुख जोशीसहित ४१ जना सदस्य छन् । बैठकको सञ्चालन विभागका सचिव नहकुल केसीले गरेका थिए ।
नयाँ विकल्प नवलपरासी- बाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन्भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने...
नयाँ विकल्प झापा- मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर...
नयाँ विकल्प, काठमाडाैं- संसद बैठक र सरकार गठनबारे रणनीति तय गर्न नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ ।...