नयाँ बिकल्प
काठमाडौं– लामो समयसम्म छोरा तथा पूर्वयुवराज पारस शाहसँग भेट नगरेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले शुक्रबार बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाहसहित भेट गरेका छन् ।
पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सबै सदस्य झापाको धुलाबारीस्थित होटल मेची क्राउन पुगेका हुन् । यसअघि पारसबाहेक राजपरिवारका सदस्य मात्र जन्मोत्सवमा सहभागी हुने गर्दथे ।
पूर्वयुवराज यसअघि पोखरातिर व्यस्त थिए भने हिमानी काठमाडौं, थाइल्यान्डतिर मात्र हुने गरेकी थिइन् ।
नेपालमा २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणासँगै राजपरिवारकास सदस्यले असार २९ गते नारायणहिटी राजदरबार छोडेका थिए । त्उपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारस शाहबीच खासै भेटभट, बोलचाल र सँगै बसोबास थिएन् ।
ज्ञानेन्द्र र कोमल २०७२ बैशाखसम्म नागार्जुन दरबारमा बस्दै आएका थिए । भुकम्पपछि उनीहरु निर्मल निवास महाराजगञ्ज बस्दै आएका छन् ।
नयाँ वर्ष मनाउन गत पुस १२ गतेदेखि नै आफनै स्वामित्वमा रहेको झापा दमकस्थित हिमालय गुडरिक भित्र रहेको दरबारमा ज्ञानेन्द्र हिउँद छल्न बस्दै आएका थिए । ज्ञानेन्द्र र पारसबीच सामान्य बोलचाल मात्र भएको थियो ।
सो अवसरमा ज्ञानेन्द्र, कोमनल, पारस, हिमानीका साथै सिताष्मा हृदयेन्द्रसहित परिवारका अन्य सदस्य पनि उपस्थित भएको होटलका कर्मचारीहरु बताउँछन् । उनीहरुले जन्मोत्सवका लागि एक साता होटल बुक गरेको बुझिएको छ ।
बुधबारदेखि राजपरिवारका सदस्य होटलमा रहेका छन् । हरेक वर्ष हिउँदमा काठमाडौंको चिसो छल्न पूर्वराजा ज्ञानेन्द्र र पूर्वराजपरिवारका अन्य सदस्यहरु दमकस्थित हिमालय गुडरिकको चिया बगानमा बस्दै आएका छन् ।
नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...
नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...
नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...