नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा २ नंम्वर प्रदेश प्रमुखको शुक्रबार गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेसले घोर विरोध र भत्सर्ना गरेको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रक्रिया बमोजिम गरिएको प्रदेश प्रमुखहरुको नियुक्तिलाई बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको घटना प्रवृत्ति दोहो¥याएर सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको कांग्रेसले ठहर गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचन घोषणा भएको अवस्थामा दलिय विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक भएको जनाएका छन् ।
संसद विघटनको असंवैधानिक कदमपछि काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै नमिल्ने भन्दै प्रवक्ता शर्माले स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिएका छन् ।
सरकारको सिफारिसमा शुक्रबार २ नम्वर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई हटाएर रौतहटका राजेश अहिराज झालाई नियुक्त गरिएको थियो ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...