June 19, 2021, Saturday

प्रदेशसभा बैठक रोक्ने मुख्यमन्त्रीको दबाब सभामुखले अश्वीकार गरेपछि..

नयाँ बिकल्प,
काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा बिकसित भएको आन्तरिक बिबादका कारण १ नम्वर प्रदेशमा अल्पमतमा परेका नेकपा प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले प्रदेश सभा बैठक रोक्न दिएको दबाब सभामुखले अश्वीकार गरेका छन् ।

आइतबार बोलाइएको प्रदेश नं १ को प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले गरेको आग्रहलाई सभामुख प्रदिपकुमार भण्डारीले अश्वीकार गरेका हुन् ।

स्रोतका अनुसार मुख्यमन्त्री राईको सूचना टाँसेर सभा स्थगित गर्ने प्रस्ताव अश्विर गर्दै सभामुख भण्डारीले मुख्यमन्त्री राईविरुद्ध परेको अविश्वासको प्रस्ताव टेबल हुने र आफूले प्रक्रियालाई नरोक्ने बताएका थिए ।

आइतबार दुुई बजे बोलाईएको बैठकमा प्रस्ताव अघि बढाउने कार्यसूची रहेको सभामुख भण्डारीको सचिवालयले जनाएको छ । गत माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची भए पनि मुख्यमन्त्री राई पक्षधर सांसदको अवरोधपछि सभामुखले १४ दिन संसद् बैठक स्थगित गरेका थिए ।
मुख्यमन्त्री राईले सो अविश्वासको प्रस्ताव खारेज गर्न सभामुख भण्डारीलाई र फिर्ता लिन नेकपाको प्रचण्ड नेपाल समूहलाई दबाब दिँदै आएका थिए ।

तर, सभामुख र अर्को पक्षले मुख्यमन्त्रीको प्रस्ताव नमानेपछि बैठकमा राई पक्षधर सांसदले उठेर बैठक अबरोध गरेका थिए ।

सम्बन्धित समाचार

सिन्धुपाल्चोक बाढी-पहिराेः हेलम्बुको वडा कार्यालय बगायो बाढीले बगायाे
सिन्धुपाल्चोक बाढी-पहिराेः हेलम्बुको वडा कार्यालय बगायो बाढीले बगायाे
  • २०७७ फाल्गुन ९, १२: २२: १७

नयाँ विकल्प,काठमाडाैं-सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीले बगाएको छ। असार १ गतेदेखि...

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७७ फाल्गुन ९, १२: २२: १७

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७७ फाल्गुन ९, १२: २२: १७

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

भर्खरै

TOP