May 11, 2021, Tuesday

कृषि आधुनिकीकरण परियोजनाः नयाँ जोनका लागि सिफारिस

नयाँ विकल्प

जाजरकाेट- मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ ।

नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल गरी नयाँ सूची बनाएर गृहकार्यमा लागेको परियोजनाका प्रमुख पिताम्बर बस्नेतले बताए ।

नयाँ सिफारिस गरिएका सूची जाजरकोटमा अत्यधिक मात्रामा सम्भावना भएको मध्येमा पर्दछ । यसअघि सञ्चालनमा रहेका मौरी र सुन्तला जोनले व्यापकरूपमा जनताको मन जितेपछि नयाँ सूचीकरण गरी प्रस्ताव गरिएको हो ।

सम्भावना हुँदाहुँदै आवश्यक सहयोगको अभावमा कृषकले समस्या भोगेको गुनासो आएसँगै नयाँ सूची निर्माण गरि काम गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए । अहिले जाजरकोटको मह नेपाल मात्र नभएर विश्वका धेरै मुलुकमा निर्यात हुनेगरेको छ ।

त्यस्तै जाजरकोटमा उत्पादन हुने महका विषयमा अध्ययनका लागि विदेशबाट अनुसन्धाता पुगेका छन् । सरकारको १० वर्षे कार्यक्रमभित्र जाजरकोटले आर्थिकरूपमा धेरै फाइदा लिन सक्ने अपेक्षा लिइएको छ । रासस

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन ९, १५: १४: ०४

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन ९, १५: १४: ०४

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन ९, १५: १४: ०४

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP