नयाँ बिकल्प,
काठमाडौं ।
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार प्रदेश सभामा पेश भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी शर्मा ओली समूह निकटका प्रदेश नं १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–माधव समूहका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गरेका हुन् ।
प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले सांसद आङ्बोलाई सो प्रस्ताव सदन समक्ष पेश गर्न अनुमति दिएका थिए । आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका थिए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा बिकसित भएको आन्तरिक बिबादका कारण १ नम्वर प्रदेशमा अल्पमतमा परेका नेकपा प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री राईले प्रदेश सभा बैठक रोक्न दिएको दबाब सभामुखले आइतबार बिहान अश्वीकार गरेका थिए । प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित गर्न मुख्यमन्त्री राईले आग्रह गरेका थिए ।
गत माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची भए पनि मुख्यमन्त्री राई पक्षधर सांसदको अवरोधपछि सभामुखले १४ दिन संसद् बैठक स्थगित गरेका थिए । प्रदेश १ मा सत्तारुढ नेकपासँग ६७ जना सांसद छन् ।
९३ सदस्य रहेको प्रदेश १ मा राईको विपक्षमा ३७ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
नयाँ बिकल्प,काठमाडौं । बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले चार करोड ४१ लाख ४० हजार रुपैयाँ...
काठमाडौं । नेपाली कांग्रेस झापा — काठमाडौं सम्पर्क समिति क्षेत्र नं ६ ले आयोजना गरेको मदनराज गुरुङ स्मृति कप फुटसल...
नयाँ विकल्प काठमाडाैं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन् ।...