February 28, 2021, Sunday

निकुञ्जको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव शुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेम आले मगरले निकुञ्जको प्रचारप्रसार गरी पर्यटक अभिवृद्धिमा जोड दिनुपर्ने बताए । जैविक विविधता संरक्षणँंगै जनावर र मानवबीचको द्वन्द्व समाधानका लागि वन मन्त्रालयले कार्यक्रम सञ्चालन गर्ने छ ।

निकुञ्जभित्रका पुरिँदै जान थालेका ताल तलैयाको संरक्षणसँगै बाटोलगायतको पूर्वाधार निर्माणका लागि मन्त्रालयले कार्य अगाडि बढाउने भएको छ ।

नगर कोभिड–१९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले बताए । पर्यटन प्रवद्र्धनसँगै यहाँका नागरिकको जनजीवनसँग समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जोड्नुपर्ने बताए ।

निकुञ्जमा ठूलो घाँसे मैदानसँगै स्तनधारी जीवजन्तु, थोरै क्षेत्रफलमा धेरै पाटे बाघको जनघनत्व, हात्ती, गैँडा, घस्रने जन्तु, उभयचर, माछा, पुतली र ४५० प्रजातिका चराहरू पाइन्छन । सबैभन्दा ठूलो बथानका रूपमा बाह्रसिङ्गाको झुण्ड निकुञ्जमा सहजै हेर्न सकिन्छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज नजिकै रहेका बासिन्दाको आफनै खाले संस्कृति, परम्परा र चालचलन रहेको छ ।

सम्बन्धित समाचार

प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
  • २०७७ फाल्गुन १०, ११: ४८: ०१

नयाँ विकल्प काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ...

राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
  • २०७७ फाल्गुन १०, ११: ४८: ०१

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...

अदालतले संविधान व्याख्याा गर्ने हो, त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन  –प्रचण्ड
अदालतले संविधान व्याख्याा गर्ने हो, त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन –प्रचण्ड
  • २०७७ फाल्गुन १०, ११: ४८: ०१

नयाँ बिकल्प, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीशमाथी...

भर्खरै

TOP