May 11, 2021, Tuesday

नेपाली कांग्रेसको लडाईं लोकतन्त्र र संविधान बँचाउनको लागि हो !

नयाँ विकल्प,

काठमाडाैं- नेपाली कांग्रेसका सिद्धान्त निष्ठ र कर्मठ नेताको रुपमा चिनिन्छन् जीवन परियार । उनी पूर्व मन्त्री तथा तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । भ्रष्टाचार र अनियमितताप्रति अधैं आवाज बुलन्द गर्ने उनी साधगी नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । निष्ठाको राजनीतिलाई केन्द्रमा राखेर अगाडि उनी जनताको कामप्रति सधैं दत्तचित्त भएर लागिपर्दछन् । आफूलाई लागेक कुरा स्पष्ट रुपमा भन्न नहिचकिखाउने उनी हक्की स्वभावका नेता हुन् । समसामयिक विषयमा केन्द्रित रहेर कांग्रेस केन्द्रीय सदस्य परियारसँग नयाँ विकल्पका लागि कालिका महतले गरेको कुराकानीको संपादित अंशः

तपाईं केमा व्यस्त हुनुहुन्छ, नेपाली कांग्रेस के गर्दैछ ?

यतिबेला नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छौं । त्यसको कार्यतालिका पनि सार्वजनिक भइरहेको अवस्था छ । त्यो कार्यतालिका बमोजिम नेपाली कांग्रेस केन्द्रीय समितिले नयाँ क्रियाशील सदस्यता छानविन समिति पनि बनाएको अवस्था छ । छानविन समिति बनाएर कामको जिम्मेवारी दिएको छ । सोही अनुसार पार्टीका कामहरुमा व्यस्त छाैं भन्दा हुन्छ ।

नयाँ क्रियाशील सदस्यता छानविन र सुद्धिकरण गर्ने मापदण्डहरु के के हुन् ?

नेपाली कांग्रेस पार्टीको विगतदेखि नै क्रियाशील वडा–वडा तहबाट वितरण गर्ने जुन प्रक्रिया थियो । विगतका अधिवेशनमा गाविस र नगापालिकाका वडाहरुबाट यो काम प्रारम्भ हुन्थ्यो । अहिले गाउँपालिका र नगरपालिकाका वडाहरुबाट क्रियाशील सदस्यता वितरण र नविकरण भइरहेको छ ।

नयाँ सदस्यता वितरण र पुराना नविकरण वडाबाट हुन्छ । यसरी नविकरण र नयाँ सदस्यता वितरणको काम सम्पन्न भइसकेपछि, नयाँ सदस्यताको फारम संकलन गरेर अन्तिम सुची तयार गर्ने जिम्मेवारी क्षेत्रीय सभापतिलाई दिइएको छ । त्यो काम क्षेत्रीय कार्यसमितिले सम्पन्न गर्छ । जति पनि पुराना क्रियाशीलता सदस्यता नविकरण हुन्छ त्यो चाहीं जिल्ला कार्यसमितिले अन्तिम सुची तयार पारेर केन्द्रमा पठाउने व्यवस्था गरेका छौं ।

यसरी तयार पारेर पठाइएको अन्तिम सुचिलाई पार्टीको केन्द्रीयले नयाँ सफ्ट वेयरको विकास गरेको छ । क्षेत्रीय र जिल्ला कार्यसमितिबाट पठाइएका नविकरण र नयाँ सदस्यताको जति पनि फारमहरु आएका छन् । केन्द्रीय समितिले विकास गरेको सफ्ट वेयरमा इन्ट्री गर्ने काम भइराखेको छ ।

अहिले ३०, ३५ वटा जिल्लाबाट धमाधम इन्ट्री गर्ने काम चलिरहेको छ । त्यसैले क्रियाशील सदस्य भनेको नेपाली कांग्रेसको तल्लो तहसम्म छुने मेरुदण्ड भन्दा पनि हुन्छ । नेपाली कांग्रेसको मूल आधार भनेको क्रियाशील सदस्यता हो त्यो नयाँ वितरण गर्ने र नविकरण गर्ने काम देशव्यापी रुपमा अहिले चलिरहेको छ ।

नविकरण र नयाँ सदस्यता वितरणको काम कहिलेसम्म सम्पन्न हुन्छ ?

कहिलेसम्म सम्पन्न गर्ने भनेर समयसीमा तोकिइसकेको छ । यही फागुन १२ गतेभित्र वडाले पालिकामा पठाउने छ । यसैगरी अगाडि बढाउँदै लैजाने कार्यतालिका हामीले तयार पारेका छौं । १६ गतेभित्र पालिकाले क्षेत्रीय समितिलाई बुझाउने ।

२० गतेभित्र प्रदेशसभा क्षेत्रीय समितिले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई बुझाउने । एक मात्र क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिलाई बुझाउने । र, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले २८ गतेभित्र जिल्ला कार्यसमितिलाई बुझाउने ।

चैत्र १० गतेभित्र क्षेत्रीय कार्यसमितिहरुले आफ्ना केही उजुरीहरु छन् भने क्षेत्रीय सभापति र दुई सचिवहरुको एउटा छानविन समिति हुन्छ । त्यसैगरी पुनरावेदन हेर्ने जिम्मा जिल्ला सभापति र सचिवलाई दिइएको छ । यसरी चैत्र २५ गतेभित्र सम्पूर्ण नविकरण र नयाँ सदस्यताको छानविन गरेर अन्तिम सुची केन्द्रीय कार्यालयमा आइपुग्नुपर्छ ।

चैत्र २५ गतेसम्म देशैभरबाट अन्तिम सुची केन्द्रीय कार्यालयमा आइसक्नुप¥यो हो ?

यो विषयमा म फेरि पनि भन्छु । ७७ वटै जिल्लाको क्रियाशील सदस्यता नविकरण र नयाँ वितरणको अन्तिम सुची चैत्र २५ भित्र केन्द्रीय कार्यालयमा प्रवेश भइसकेको हुनुपर्छ । त्यो भइसकेपछि केन्द्रीय कार्यालयले सबै सफ्ट वेयरलाई तलबाट बन्द गरिदिएर बाँकी केन्द्रले भेरिफिकेसन गरेर अन्तिम सुची तयार पार्छ । यदि चैत्र २५ गतेभित्र अन्तिम सुची नआइसकेकाले आगामी महाधिवेशनमा भाग लिन नपाउने निर्णय केन्द्रीय कार्यसमितिले गरेको छ ।

जसरी नेपाली कांग्रेस जनआकर्षणको केन्द्र बनेको छ, त्यसरी नेताहरु लागेका छन् ?

नेताहरु पनि त्यसरी नै दत्तचित्त भएर लागिराख्नुभएको छ । यहाँहरुले कसरी लिनुभएको छ ? नेपाली कांग्रेसका शीर्ष नेताहरु आगामी महाधिवेशन कसरी सम्पन्न गर्ने । त्यसैगरी राष्ट्रिय राजनीतिमा देखिएका चुनौतिहरु छन् ।

जस्तै प्रधानमन्त्री केपी ओलीले चालेका असंवैधानिक कदमहरु छन् । त्यसको विरुद्ध पार्टीको आधिकारिक धारणा बनाएर विरोधका कार्यक्रमहरु गरेका छौं । त्यसैले पार्टीका शीर्ष नेताहरुले पार्टीको महाधिवेशनसँगै देशमा घटेका राष्ट्रिय राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरु अगाडि बढाइरहनुभएको छ ।

अहिलेको घटनाक्रमप्रति पनि नेपाली कांग्रेसभित्र स्पष्ट दुई धार देखियो भन्ने गरिन्छ नि यहाँले कसरी लिनुभएको छ ?

नेपाली कांग्रेसभित्र दुई धारै छैन । सञ्चारलगायत विभिन्न माध्यमबाट दुई धारका कुरा बाहिर आएका छन् । तर, कांग्रेस पार्टीभित्र यो असंवैधानिक निर्णयबिरुद्ध दुईवटा निर्णय छैन । यो घटना घटेदेखि आजसम्म हेर्नुभयो भने पुस ५ गते नेपाली कांग्रेसले जे निर्णय ग¥यो । आजसम्म पनि हामी त्यसैलाई टेकेर अगाडि बढेका छौं ।

प्रधानमन्त्रीले जसरी प्रतिनिधिसभा विघटन गरेर जुन कदम चाल्नुभएको छ । त्यो असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादतर्फ उन्मुख हुने कदम हो भनिसकेपछि कसरी दुई धारको कुरा आउँछ । त्यसैले यो कदम सच्चिनुपर्छ भन्ने हाम्रो मान्यता हो । र, यो विषय अदालतमा विचाराधिनमा छ । अदालतबाट त्यो कदम सच्चिनुपर्छ भन्ने कांग्रेसको धारणा हो ।

अदालतबाट पनि सच्चिएन र तोकिएको मितिमा चुनाव पनि भएन भने के हुन्छ ?

अदालतबाट सच्चिँदैन भन्ने कुरामा म विश्वासै गर्दिँन । अदालतले त संविधान र कानुन टेकेर निर्णय गर्नुप¥यो नि । वरिष्ठ अधिवक्ताहरुले पनि त्यहाँ बहस गरिसक्नुभयो । ५ जना एमिकस क्युरिका वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालतमा बहस गर्दा ४ जनाले पुनस्थापनाको विकल्प छैन भनेको सुनेको छु ।

५ जनामध्ये एक जनाको बीचबीचको तर्क छ । सर्वोच्च अदालत भनेको सम्मानित संस्था हो । सारा नेपालीहरुको भरोसाको केन्द्र हो । त्यसकारण त्यो अदालतले कानुन र संविधानलाई टेकेर निर्णय गर्छ भन्ने कुरामा म विश्वस्त छु ।

कांग्रेसलाई चुनावै हुँदा फाइदा हुँदोहो नि किन पुनःस्थापनाको पक्षमा उभिएको त ?

नेपाली कांग्रेस त त्यस्तो पार्टी हो । जसका नेता वीपी कोइरालालाई हिजो पञ्चायती शासकले तपाईं बाचुन्जेल प्रधानमन्त्री हुनुहोस् भन्थे । पञ्चायत कालमा पनि निर्वाचन हुन्थ्यो । किन हामी त्यो निर्वाचनमा गएनौं ।

त्यो बेलामा पनि काग्रेसका मान्छे सांसद, मन्त्री बन्थे होलान् नि । त्यसैले नेपाली कांग्रेसको लडाईं भनेको लोकतन्त्र र संविधान बँचाउनको लागि हो । अहिले संविधानमाथि कुठाराघात भएको छ । लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ र अधिनायकवादीतिर यो सरकार जाँदैछ । त्यसैले हाम्रो चिन्ता र चासो भनेको मुलुकमा लोकतन्त्र र संविधान बँचाउने हो ।

कांग्रेस कुनै पदको लागि होइन लोकतन्त्र र संविधान जोगाउन लागेको हो ?

आजको दिनसम्म २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसलाई नेपाली जनताले प्रमुख प्रतिपक्ष दलको जिम्मेदारी दिएका हुन् । कहिले चुनाव होला र सत्तामा गएर हालीमुहाली गरिहालौला भन्ने कांग्रेसलाई छैन ।

पुनस्थापना पछि बन्ने सरकार चुनावी हो ?

समय आएपछि चुनाव त भइहाल्छ नि । २०७४ सालदेखि पाँच वर्षको लागि हो यो संसद् । त्यो पाँच वर्ष पूरा भएपछि त चुनाव गर्नुपरिहाल्यो नि । पछि बन्ने सरकारले चुनाव गर्ला ।

पुनस्थापना पछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने होला नि ?

त्यो अहिले नै भन्न सकिँदैन । पुनस्थापना पछि संसद्मा रहेका राजनीतिक दलहरुबीच के सहमति हुन्छ । त्यसको आधारमा सरकार बन्ने कुरा हो । त्यसैले कांग्रेस पार्टी सरकार रहन्छ रहँदैन त्यो पनि ग्यारेन्टी छैन । त्यो त्यसपछि निर्णय गरौला ।

राष्ट्रिय राजनीति घटनाक्रमले कांग्रेसको महाधिवेशन प्रावित हुने सम्भावना कत्तिको छ ?

कांग्रेस पार्टीको केन्द्रीय समितिले जुन कार्यतालिका तय गरेको छ । त्यो कार्यतालिमा कुनै हेरफेर र तलमाथि हुने सम्भावना मैले देख्दिँन । हामी फागुनको ७ देखि १० गते भनेर तोकेका थियौं । नेपाली कांग्रेस विधानमा ४ वर्ष पुरा गरेर नभ्याउँदा १ वर्ष थपेर फागुन पु¥याएका थियौं ।

त्यो पनि सकिएर नेपालको वर्तमान संविधानमा हरेक राजनीतिक पार्टीले पाँच वर्षभित्र आफ्नो पार्टीको अधिवेशन गर्नुपर्ने यदि विशेष परिस्थितिले गर्न सकिएन भने ६ महिना थप्न पाउने भन्ने संविधामा उल्लेख छ ।

त्यसलाई टेकेर हामीले भदौसम्मलाई ६ महिना म्याद थपेका छौं । त्यसकारण अहिलेका कार्य सुचीमा यो लोकप्रिय मिडियामार्फत आम नेपाली कांग्रेस कार्यकर्तालाई आग्रह गर्न चाहन्छु । अब कुनै पनि कार्यसुचिमा हेरफेर हुनेवाला छैन । यो कार्यसुची अनुसार कांग्रेसको १४ औं महाधिवेशन हुन्छ भन्नेमा सबै तह, तप्का, वर्ग समुदायहरु ढुक्क भए हुन्छ ।

सरकारले गरेका भ्रष्टाचारका काण्डमा पनि नेपाली कांग्रेसको आवाज मधुरो धयो भन्ने छ नि यसलाई कसरी लिनुभएको छ ?

यो सरकार स्थापना भएदेखि नै कसरी राज्यको साधन, स्रोतको दुरुपयोग र भ्रष्टाचार गर्न सकिन्छ । कसरी आफ्ना कार्यकर्ताहरुलाई भर्ती गर्न सकिन्छ । कसरी आफ्नो गुट बलियो हुन्छ भन्नेमै तल्लिन रह्यो । यिनै कारणले गर्दा आज यो अवस्था सिर्जना भएको हो ।

त्यसैले यो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ला, अनियततालाई रोक्ला, सुशासन ल्याउँला, देशलाई समृद्ध बनाउला, बलात्कारी र हत्यारालाई कारबाही गर्ला भनेर परिकल्पना नै नगरे हुन्छ । त्यसकारण हामी यो सरकारलाई छिटोभन्दा छिटो विधाई गर्न उन्मुख भएका छौं ।

सुदूरपश्चिममा बलात्कारपछि हत्या गर्ने घटनाहरु दिनानुदिन बढिरहेको यसलाई कांग्रेसले कसरी लिएको ?

नेपाली कांग्रेसले यस्ताखाले हरेक घटनाहरुलाई अत्यन्तै गम्भीरतापूर्वक लिएको छ । यी घटनाहरुका बारेमा नेपाली काग्रेसले प्रतिनिधि खटाएर अनुगमन गर्ने, स्थलगत अध्ययनपछि दोषीमाथि कारबाहीको लागि सिफारिस गरी सरकारको ध्यानाकार्षण गर्ने काम हामीले निरन्तर गरेका छौं ।

जस्तै अस्ति वैतडीको घटनामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पार्टीले स्थलगत अध्ययनमा पठायो । उहाँले त्यहाँबाट रिपोर्ट लिएर आउनुभयो, त्यो केन्द्रीय कार्यसमितिमा पेश गर्नुभयो । घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारबाही हुनुपर्छ भनेर केन्द्रीय समितिले सरकारलाई आग्रह गरेको छ । त्यसैले यो सरकारले न्यूनतम काम पनि गरेको हामीलाई अनुभूति भएको छैन ।

सत्तापक्षका कार्यकर्ताले नेपाली कांग्रेसका नेता एनपी सावदमाथि आक्रमणलाई पार्टीले कसरी लिएको छ ?

पार्टीले उक्त घटनालाई अत्यन्तै गम्भीरतापूर्वक लिएको छ । एउटा पार्टीको शान्तिपूर्ण कार्यक्रममा नेकपाका कार्यकर्ताले पार्टी छोडेर कांग्रेस प्रवेश गरे भन्ने नाममा जसरी आग्रक्रम गरेर घाइत बनाएका छन् । व्यक्तिगत सम्पत्तिको नष्ट गरेका छन् । यी सबै निन्दनीय घटनाहुन् । यसको सरकारले सत्यतथ्य छानविन गरी दोषीमाथि दहैसम्मको कारबाही हुनुपर्छ भन्ने कांग्रेसको दृष्टिकोण हो ।

यो संविधान जोगाउन चाहीं कांग्रेसले मात्रै सक्छ ?

कांग्रेसकै पहल र नेतृत्वमा यो संविधान आएको हो । यसलाई जोगाउनको लागि कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन पछि पर्नुहुँदैन । यो संविधान जोगाउन हामी हरेक प्रयत्न गरिरहेका छौं । यो संविधान जोगियो भने मात्रै नेपालमा लोकतन्त्र, प्रजातन्त्र र हरेक नागरिकको वैयतिक स्वतन्त्रता बाँच्छ । त्यसले मात्रै आमजनताको नागरिक अधिकार सुनिश्चित हुन्छ भन्ने हाम्रो ठम्याई हो ।

अहिले नेपाली कांग्रेसमा ह्वात्तै जनआकर्षण बढेको त्यसलाई व्यवस्थापन गर्न सक्ला ?

नेपाली कांग्रेसले विगतदेखि आफ्नो नीति, सिद्धान्तप्रति प्रतिवद्ध रहँदै हजारौं कार्यकर्ताहरुलाई व्यवस्थापन गरेको छ । यति बेला जसरी कांग्रेस पार्टीमा आकर्षण बढेको छ । अहिले अन्य पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गर्ने लहर चलेको छ । त्यसरी आउने सम्पूर्ण नेता कार्यकर्ता चाहे वडा तहका हुन्, चाहे क्षेत्र, जिल्ला हुँदै केन्द्रीय स्तरमा आएका हुन् ।

तपाईंहरुले देखिरहनुभएको छ । अरु पार्टीको केन्द्रीय तहमा रहेका साथीहरु पनि पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरिरहनुभएको छ । त्यसकारण ती साथीहरुलाई उहाँहरुको योग्यता, क्षमता अनुसार जिम्मेवारी दिएर कांग्रेस पार्टीमा हार्दिकतापूर्वक आह्वान गर्छौं । र, उहाँहरुको उचित मूल्याङकन गरेर कांग्रेसले राम्रोसँग व्यवस्थापन गर्छ ।

कांग्रेस पार्टी आफै व्यवस्थित छैन, नव आगन्तुकलाई कसरी व्यवस्थापन गर्छ ? भन्ने पनि छ नि ?
पार्टीको व्यवस्थापन गर्नुपर्ने काममा केन्द्रदेखि वडातहसम्म कार्यसमितिहरु निर्माण गरेका छौं । सोही कार्यसमितिमार्फत साथीहरुलाई जिम्मेवारी दिने, व्यवस्थापन गर्ने काम नेपाली कांग्रेसले वैज्ञानिक ढंगबाट अगाडि बढाइरहेका छौं ।

कांग्रेसले भ्रातृ, भगिनी, शुवेच्छुक संस्थाको पनि चुनाव गर्न नसकेर आन्तरिक लोकतन्त्रप्रति नै प्रश्नचिन्ह खडा भएको छ के भन्नुहुन्छ ?

भ्रातृ, भगिनी, शुवेच्छुक संस्थाका बारेमा पनि धेरै कुराहरु छन् । यसमा कमीकमजोरी भएका छन् । सबै राम्रो गरेका छौं म भन्दिँन । आगामी दिनमा यी कमीकमजोरीहरुलाई सुधारेर नेपाली कांग्रेस उच्च मनोबलका साथ अगाडि बढ्छ ।

त्यसोभए अब कांग्रेस नयाँ उर्जाकासाथ अगाडि बढ्छ हो ?

अवश्य पनि यहाँले पार्टीभित्र हामीले गर्न नसकेका कमीकमजोरीका कुरा पनि उठाइदिनुभएको छ । अहिलेसम्म भएका सबैखाले कमीकमजोरीहरुलाई सुधारेर आगामी दिनमा नेपाली कांग्रेस एउटा सशक्त लोकतान्त्रिक पार्टी भएर अगाडि बढ्ने विश्वास मिडियामार्फत सबैलाई दिलाउन चाहन्छु ।

चुनाव हुने भयो भने कांग्रेस जति बेला पनि तयार छ ?

अहिले चुनावको बारेमा सर्वोच्चबाट एउटा निर्णय आउँछ भनेर हामी अपेक्षाकृत छौं । त्यसपछि कुरा गरौला नि । निष्पक्ष, निर्भय र लोकतान्त्रिक ढंगबाट चुनाव हुन्छ भने हामी मान्न तयार छौं । तर, अब हुने चुनाव जुनसुकै सरकार होस् त्यसबाट स्वतन्त्र, निर्भय र निष्पक्ष चुनाव हुने ग्यारेन्टी हुनुपर्छ । त्यो चुनाव निष्पक्ष हुँदैन भन्ने लाग्यो भने त्यहीबेलामा विचार गरौंला । लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने पार्टी भएकाले स्वतन्त्र, निष्पक्ष र भयरहीत निर्वाचन हुन्छ भन्ने वातावरण सुनिश्चित हुनुपर्छ । जीवन परियार नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन १०, १३: २६: १९

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन १०, १३: २६: १९

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन १०, १३: २६: १९

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP