February 25, 2021, Thursday

बागलुङको कृषि ज्ञानकेन्द्रमा कृषकलाई अनुदान

गलकोट । कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ ।

केन्द्रले बागलुङमा आर्थिक वर्ष २०७७÷७८ का लागि अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । अनुदानका लागि आएको ५८७ प्रस्तावनामा विगतका वर्षमा अनुदान नपाएका, लगानी गर्न सक्ने तथा दुर्गमतालाई आधार मानेर २२१ कृषि फर्म स्वीकृत गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार रु ८ करोड १७ लाख अनुदान १० प्रकारका परियोजनाका २२१ कृषि फर्मलाई दिन लागिएको हो ।

“कृषि ज्ञान केन्द्र बागलुङ स्थापनासँगै योजनाहरू अगाडि बढाइएको छ, अहिले १० प्रकारका परियोजनाका लागि रु ८ करोडभन्दा बढी २२१ कृषि फर्मलाई प्रदान गर्न थालिएको केन्द्र प्रमुख भट्टराईले बताए । “तत्कालै सम्झौता गरी जेठभित्र सबै योजना सक्नुपर्ने हुन्छ, अनुदान प्राप्त रकमअनुसार किसानको तर्फबाट समेत ५० प्रतिशत र सोभन्दा माथिको काम गर्नुपर्ने प्रावधानसमेत रहेको छ ।”

सबै योजनाको अनुदान रु एक लाखदेखि तीन लाखसम्म रहेका छन् । जिल्लाभरबाट छनोटमा परेका १० परियोजनामा साना सिँचाइका ५८ योजनामा रु २ करोड, साना व्यवसायी कृषि फर्म स्थापना गर्ने ७२ योजनामा रु १ करोड आठ लाख, हरितगृह निर्माणका लागि ३२ योजनमा रु ४८ लाख, फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापनाका लागि दुई योजनामा रु पाँच लाख, स्थानीय कृषिउपज बिक्री केन्द्र स्थापनाका लागि तीन योजनामा रु १० लाख ५० हजार र ग्रामीण क्षेत्र करेसावारी घर र बगैँचा निर्माण गर्न १३ योजनामा रु १० लाख रकम अनुदानमा प्रदान गरिनेछ ।

यस्तै मूल्य शृङ्खलामा आधारित योजनाका दुई वटा फर्मलाई रु २५ लाख, प्राङ्गारिक कृषि कार्यक्रमका लागि २७ योजनामा रु ८३ लाख, आलुखेती प्रर्वद्धन विशेष कार्यक्रमअन्तर्गत सात योजनामा रु ८३ लाख र क्लस्टर रैथाने बाली संरक्षण गर्ने छ योजनाका लागि रु १५ लाख अनुदान दिइने केन्द्र प्रमुख भट्टराईले जानकारी दिए ।

कृषि फर्म छनोटमा महिला तथा दलित समुदायले गर्दै आएको व्यावसायिक कृषि फर्मलाई समेत प्राथमिकतामा राखिएको छ । यस्तै केन्द्रले जिल्लामा सञ्चालित आठ कृषि ब्लकलाई सुधार र तीन ब्लक थप गर्नसमेत बजेट विनियोजन गरेको छ ।

जिल्लामा रहेका विभिन्न प्रकृतिका आठ कृषि ब्लकलाई सुधार गर्न रु एक करोड ७५ लाख विनियोजन गरिएको छ । यस्तै बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकामा मकै ब्लक स्थापना गरिने भएको छ भने ढोरपाटनमा तरकारी ब्लक स्थापना गरिनेछ ।

ब्लक स्थापना गर्नका लागि समिति गठन गरी कार्य शुरु गर्न रु ७५ लाख दिइने केन्द्रले जनाएको छ । सङ्घीयता कार्यान्वयनसँगै खारेजीमा परेको कृषि कार्यालय जिल्लाबाहिर हुँदा योजना परे पनि किसानले टाढा भएका कारण समस्या भोग्दै आएकामा अहिले जिल्लामै कृषि कार्यालय स्थापना भएपछि निकै सहज भएको कृषक रामबहादुर खड्काले बताए ।

खड्का अध्यक्ष भएको गणेश कृषि व्यावसायिक सहकारी संस्था सिगानाले समेत साना सिँचाइ परियोजनाअन्तर्गतको अनुदान योजना प्राप्त गरेको छ । रासस्

सम्बन्धित समाचार

विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
  • २०७७ फाल्गुन १०, १३: ११: ३६

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...

ओली पक्षकाे बालुवाटार भेलाः   ताेकिएकाे समयमा भित्र संसद बैठक बाेलाउने निर्णय
ओली पक्षकाे बालुवाटार भेलाः ताेकिएकाे समयमा भित्र संसद बैठक बाेलाउने निर्णय
  • २०७७ फाल्गुन १०, १३: ११: ३६

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...

प्रतिनिधिसभा पुनर्स्थापनापछि देउवासँग प्रचण्ड–माधवको  छलफल
प्रतिनिधिसभा पुनर्स्थापनापछि देउवासँग प्रचण्ड–माधवको छलफल
  • २०७७ फाल्गुन १०, १३: ११: ३६

नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...

भर्खरै

TOP