May 11, 2021, Tuesday

अन्यौल परिस्थितिको फाइदा कसैले उठाउन नपाऊन्, निरन्तर सजगता आवश्यक छ

१.सबैको प्रतीक्षा यो बेलामा सर्वोच्च अदालतभित्रको संवैधानिक इजलासको फैसलामा छ । २०७७ साल फागुन ७ गते सम्ममा एमिकस क्युरीका विशेषज्ञहरु वरिष्ठ अधिवक्ताहरु पूर्व महान्यायाधिवक्ता बद्रीबहादुर कार्की, प्राध्यापक पूर्णमान शाक्य, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र गीता संग्रौला पाठकहरुको संवैधानिक अदालतलाई दिने सल्लाहको क्रम समाप्त भइसकेको छ ।

फागुन १०सम्ममा उहाँहरुको बहस नोट दिइसक्नका लागि सम्माननीय सर्वोच्च अदालतले तोकेको छ । र फागुन ११ पछिको कुनै पनि समयमा फैसला आउने भनेर भनिएको छ । अनुमान गर्न सकिन्छ ढिलोमा फागुन १७ गतेसम्ममा फैसला आउने छ ।

२. संविधानवादको सिद्धान्तअनुसार र नेपालको संविधानले दिएको अधिकार प्रयोग गर्दै सर्वोच्च अदालतले पुस ५ गते गरिएको प्रतिनिधि सभाको विघटन संविधानतः छ कि छैन या सरकारको त्यो कदम सदर गर्ने कि बदर गर्ने भन्ने फैसलाको प्रतीक्षा छ ।

अहिलेको लागि मात्र भन्दा पनि संसदमा कानुनतः चुनौती नदिइएको प्रधानमन्त्रीले कुन कुन बेलामा प्रतिनिधि सभा विघटन गर्न पाउनेछन् या छैनन् भन्ने नयाँ अर्थ पनि परिभाषित हुनेछ ।

३. सत्तारुढ नेकपा व्यवहारमा विभाजित छ तर कानुनको आँखामा एउटै छ । निर्वाचन आयोग पनि अलमलमा छ जसरी कि नेकपा आफैँ अलमलमा छ । त्यही नेकपा सडकमा प्रतिनिधि सभाको विघटनको विरुद्धमा पनि छ, त्यही नेकपा सरकारमा बसेर आगामी निर्वाचनको तयारीमा लागेको छ ।

४. निर्वाचन आयोग पनि अलमलमा छ । अन्य दलहरु पनि अलमलमा छन् किनभने संविधानवाद भित्रको कुरामा अन्तिम व्याख्या गर्ने अधिकार हाम्रो संविधानले सर्वोच्च अदालतलाई दिएको छ र सर्वाेच्च अदालतको निर्णय कुर्नेबाहेक अरु उपाय छैन तर नेकपाका दुवै थरि विवादका घेरामा सर्वोच्च अदालतलाई ल्याइरहेका छन् र आफ्नो घोषित सिद्धान्तअनुसार चल्ने योजनामा छन् ।

५. स्थिति अन्यौलग्रस्त नहोस् भन्नलाई त छिटै फैसला आउनु पर्छ जसले गर्दा कम्तीमा पनि मुलुकको राजनीतिले एउटा बाटो पैल्याउने छ । या संसद पुनस्र्थापना हुनेछ र नयाँ सरकारले स्थान ग्रहण गर्नेछ या त ताजा निर्वाचनका लागि बाटो खुल्नेछ ।

६. तर स्थिति भने कुनै पनि अवस्थामा सहज देखिँदैन । सरकारका प्रधानमन्त्रीले घोषणा गरेको पाइन्छ-यत्रो भिड सर्वोच्चले देख्दैन होला त ? अनि प्रधानमन्त्रीका विरोधीहरु पनि भन्छन्-यत्रो भिड सर्वोच्चले देख्दैन होला त ? अर्थात् सडकमा जम्मा भएको भिडको आधारमा सर्वोच्चमा हुने फैसला प्रभावित हुनुपर्ने भयो ।

७.यसका लागि छिटो फैसला हुनुपर्छ । आगामी दिनमा पनि आउन सक्ने सम्भावित समस्यालाई समेत यो फैसलाले सम्बोधन गरेको हुनुपर्छ । नेपालको संविधानको धारा ७६, धारा ८५, धारा ९३ अनि धारा १०० र यस्तै अहिले चर्चामा आएका धाराहरु र अरु सम्भावना देखिने धाराहरुको व्याख्या हुनुपर्छ । र मात्र भोलिका दिनमा संसद विघटन गर्नका लागि वा विघटन नगर्नका लागि नयाँ बाटो देखिनेछ ।

८. संसदीय व्यवस्थाका पक्षमा बोल्नुपर्ने संस्था भनेको नेपाली काँग्रेसको नीतिले हो । ढुलमुल नीति भयो भनेर पार्टीभित्रै विवाद देखिन थालेको छ । सडकमा निस्कने भनेको कम्युनिस्टहरुको जस्तो सत्ताको लुछाचुँडीका लागि मात्र नभएर संसदीय प्रणालीको जगेर्नाका लागि जनतालाई सचेत गराउने हो ।

एकातिर आफ्नो आन्तरिक प्रजातन्त्र धुजा धुजा भएको छ र पार्टीको विधानभन्दा पनि संविधानको आडमा समय थपेर निर्वाचनका लागि या भनौँ महाधिवेशनका लागि मिति तोकिएको अवस्था छ ।

९. यो संविधान एउटा सम्झौताको दस्ताबेज हो । कतिपय प्रावधानहरुमा कसको सहमति रह्यो त कतिपय कुराहरुमा कसको सहमति रह्यो । आपूmलाई मधेसबादी दलहरु भन्न रुचाउनेहरुले संविधानको विरोध गरे र त्यसमा आवश्यक सुधारका कुराहरु राखेकै छन् ।

तर संविधान बनाउनेहरुमध्येकै र अपनत्व लिनेमध्येकै दल नेकपा दुई फ्याकमा छ र सरकारमा रहेकाहरुले संविधानका प्रावधानहरुको जस्तो व्याख्या गरे पनि मान्नुपर्ने ढिपीका सरकार देखिन्छ ।

१०. अहिलेको काम चलाउ सरकारका बेलामा केके हुने या नहुने भन्ने कुनै सीमा देखिएन । जे पनि हुन सक्छ, जे पनि गर्न सक्ने अवस्था छ र जुनसुकै कामको पनि संविधान अनुसार नै गरेको भनेर बलमिच्च्याईँ भएकै देखिन्छ ।

११ं राज्य निरंकुशता तर्फ लाग्न थालेको छ र सरकारका विरोधीहरु पनि सरकारसँग भिड्ने मानसिकतामा देखिन्छन् । यसरी दोहोरो भिडन्तमा आखिर पेलिने भनेको नेपाली जनता नै हुन् र मुलुक नै हो । मुलुक जति जति अस्थिरतातर्पm धकेलिन्छ, त्यति त्यति बाहिरिया चलखेलका लागि मार्ग प्रशस्त हुन्छ ।

नेकपाका दुवै पक्षले एकअर्कालाई विदेशीको इसारामा काम गरेको दोषारोपण गरिरहेका छन् । पक्कै नै कोही न कोहीले त सत्य कुरा गरेकै होलान् । त्यो मान्दा विदेशी चलखेलले नै नेकपाको बिचमा विवाद बढेको हो र संसद विघटनसम्मको अवस्था सृजना भएको हो ।

१२. फेरि पनि सबैको सहमतिले मात्र नयाँ समस्याको समाधान सम्भव छ । चाहे संसद पुनस्र्थापना भएर नयाँ सरकार बन्ने अवस्था आओस् या निर्वाचन हुने भएर निर्विवादरुपमा संसदीय निर्वाचन हुने कुरामा होस् । आपसमा विवाद नगरी एकताबद्ध भएमा मात्र मुलुकको नयाँ अस्थिरताले निकास पाउने छ । अन्यथा मुलुक नयाँ समस्याभित्र प्रवेश गरेको छ र त्यो समाधान अहिलेको अवस्थामा काम चलाउन सरकारले मात्र सम्भव देखिँदैन ।

१३. र अन्त्यमा, मित्रसेन दाहाल भन्ने एकजना प्रजातन्त्रवादी र उदारमना समाज सेवी युवाको देहावसान भएको छ । ओखलढुँगाको एउटा पहाडी गाउँले केटो काठमाडौँमा आएर कसरी समाजको सेवामा, राजनीतिमा र व्यवसायमा लागेर सफल हुनसक्छ भन्ने उदाहरण दिएर भाइ मित्रसेन फागुन ७ गते विहान यो मृत्युलोकबाट प्रस्थान गरेका छन् ।

धेरै समाजसेवाका कामहरुमध्ये सबैभन्दा बढी चर्चामा र प्रभावकारी सेवाको थालनी गरिरहेका थिएन र त्यो मिसनमा उनी सफल भएकै थिए-मैत्री सेवा आश्रम । ज्येष्ठ नागरिकहरुको सेवाका लागि एउटा अनुपम कार्य गरेर गएका छन् र त्यसको अरु प्रभावकारी कार्यान्वयनका लागि बाँकी रहेका हाम्रो जिम्मा छोडेर गएका छन् ।

नेपाली काँग्रेसको राजनीतिमा लागेर पनि समाजसेवाको त्यो पाटोलाई उच्च महत्व दिँदै एउटा मिलनसार समाज सेवकको रुपमा आफूलाई उभ्याएकोमा हामीले गर्व गर्नैपर्छ ।

भावी दिनमा पनि यस्ता समाजसेवीको सेवा समाजले पाओस् भन्दै ती महान समाजसेवी प्रजातन्त्रवादी नेता मित्रसेन दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु । दिन पनि कस्तो परेको रहेछ भने प्रजातन्त्र दिवसको दिन नै उनको महाप्रस्थान भएको छ ।

१३ वर्ष अघि नयाँ किड्नी फेरेर पनि र मुटुको समस्या हुँदाहुँदै पनि अनवरत खट्ने त्यो समाजसेवी केही समय पहिले कोरोनाको विषाणुबाट पनि संक्रमित भएका थिए ।

सधैँ भरि कोरोना संक्रमितहरुलाई हौसला दिँदै सामाजिक सञ्जालमा आफूले कमजोर स्वास्थ्य हुँदा पनि जितेको कुरा बताएर नडराउन प्रोत्साहित गरिरहने त्यो उद्यमी र स्वप्निल युवाको अभाव नेपाली समाजका खट्कने छ र यसैलाई सायद भनेका होलान् -यो नेपाली समाजसेवाका लागि , नेपाली काँग्रेसका लागि र प्रेस उद्यमीहरुका लागि अपूरणीय क्षति हो ।

फेरि पनि अश्रुपूर्ण श्रद्धाञ्जलि मित्रसेन भाइलाई । परिवारजनमा यो बज्रपात सहने शक्ति भगवानले दिऊन् र सम्पूर्ण शोक सन्तप्त परिवारमा समवेदना । मैत्री सेवा आश्रमका आश्रमवासीहरुमा पनि गहिरो समवेदना ।

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७७ फाल्गुन १०, १३: २१: ३३

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७७ फाल्गुन १०, १३: २१: ३३

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७७ फाल्गुन १०, १३: २१: ३३

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP