March 8, 2021, Monday

एकै घरमा सुतेका तीन जना मृतावस्थामा

बारपाक । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन्  । 

आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको उपरीक्षक गुरुङले जानकारी दिए । घटनास्थलमा पुगेर थप अनुसन्धान नगरेसम्म घटनाका बारेमा थप केही बताउन नसक्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छः  प्रधानमन्त्री ओली
महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छः प्रधानमन्त्री ओली
  • २०७७ फाल्गुन १०, १४: ३३: ५०

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका...

‘रिचार्ज काठमाडौँ सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’
‘रिचार्ज काठमाडौँ सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’
  • २०७७ फाल्गुन १०, १४: ३३: ५०

नयाँ विकल्प काठमाडाै- काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको...

एक लाख ऋणबाट ब्यावसाय सुरू गरेका शंकर ११ वटा होटलको मालिक बने
एक लाख ऋणबाट ब्यावसाय सुरू गरेका शंकर ११ वटा होटलको मालिक बने
  • २०७७ फाल्गुन १०, १४: ३३: ५०

नयाँ विकल्प काठमाडाैं- –नारायण अधिकारी आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल...

भर्खरै

TOP