नयाँ बिकल्प,
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको आज नयाँ दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थानमा भर्ना भएका छन् ।
डा. भट्टराईलाई विहान ९ बजेदेखि भर्ना गरिएको उनका सहयोगी विश्वदीप पाण्डेले जनाएका छन् । उनलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने भएको छ ।
भट्टराईले प्रोस्टेटको शल्यक्रिया लगायत स्वास्थ्य परीक्षण नेपालमै गरे पनि चिकित्सककै सुझावमा नयाँ दिल्ली गएका थिए । ट्युमर सामान्य वा घातक के हो भनेर छुट्याउन पनि विदेश आउनुपर्दा लज्जित भएको भन्दै भट्टराईले दिल्लीमा उपचार रहर नभएर चिकित्सकको सुुझाव बमोजिम बाध्यता भएको बताएका थिए ।
भट्टराईको स्वास्थ्यस्थिति बुुझ्न नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्य सोमबार उनी बसेकै ठाउँमा पुुगेका थिए । पूूर्वप्रधानमन्त्री भट्टराईसँगै उनकी धर्मपत्नी हिसिला यमी पनि गएकी छन् ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...