May 11, 2021, Tuesday

महान्यायाधिवक्ता खरेलद्वारा राजिनामा, ओली समूहमा इश्वर र विष्णुको हावी, सुुभाषहरु कमजोर

नयाँ बिकल्प,
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र कानूनी सल्लाहकार अग्नीप्रसाद खरेलले महान्यायाधिवक्ता पदबाट राजिनामा दिएका छन् ।

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा र त्यसमा पनि उनकै क्षेत्रका खरेलले पदबाट राजिनामा दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको ओली समूहमा दुुई धार देखिएका छन् ।

तत्कालिन नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुुभाषचन्द्र नेम्वाङ र खरेलको भूमिका प्रधानमन्त्री ओलीलाई सहयोग, समर्थन र साथमा कमजोर देखिएको भन्दै अर्का नेता उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले गुनासो गर्दै आएका थिए ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्दा आफूूहरुसँग सल्लाह नगरेको र दिइएका सल्लाह पनि स्वीकार नगरिएको भन्दै नेम्वाङ र खरेल ओलीसँग असन्तुुष्ट बनेका थिए ।

महान्यायाधिवक्ता पदबाट खरेलले राजिनामा दिए पनि उनको राजिनामा स्वीकृत भएको छैन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा त्यसको पक्षमा व्यवस्थित ढङले सर्वाेच्च अदालतको संवैधानिक इजसालमा प्रतिरक्षा गर्न नसकेको भन्दै असन्ुतष्ट बनेका थिए ।

सोही विषयलाई लिएर ओलीले खरेललाई झपारेका थिए । महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा सशक्त ढङ्गले बहसका क्रममा जवाफ नदिएको प्रधानमन्त्री सहित उनको टिमको बुझाइ छ ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको बेला प्रधानमन्त्रीका कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको राजीनामा स्वीकृत गर्दा आफ्नो स्थिति कमजोर भइ रक्षात्मक अवस्थामा पुग्ने भएकाले तत्काल उनको राजीनामा स्वीकृत नगरिएको स्रोतले बतायो ।

कानुन मन्त्री बनिसकेका खरेललाई लामो राजनीतिक जोडघटाउन गरी अदालत र सरकारबीचको सेटिङका कामयावी पात्रको रुपमा हेरिँदै आएको छ ।

संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने बताइसकेका खरेललाई महान्यायाधिवक्ताको हैसियतमा प्रधानमन्त्री ओलीको पैरवी गर्न सकस भइरहेको अदालतको परिदृश्यले देखाएको थियो ।

खरेललाई महान्यायाधिवक्ताबाट हटाएर बाबुराम दाहाल र रमेश बडालमध्ये कुनै एकलाई ल्याउन ओली निकटका नेता उपप्रधानमन्त्री ईश्वर पोखरेल, र उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले मजदुर नेता रमेश बडाललाई महान्यायाधिवक्तामा ल्याउने रणनीतिमा छन् ।

अग्नी खरेलले दिएको राजीनामा प्रतिनिधि सभा विघटनको मुद्धाको फैसला पछि स्वीकृत हुने योजनामा प्रधानमन्त्री ओली रहेका छन् । ओलीका हरेक निर्णयमा पछिल्लो एक वर्षयता इश्वर पोखरेल र विष्णु रिमालको बोलाबाल हुने गरेको छ ।

यति समूहलाई नेपाल ट्रष्टको सम्पति कौडीको भाउमा लिजमा दिनेदेखि लिएर ओलीको पक्षमा तयार पारिएको प्रोपोगाण्डा टुल्स साइवर सेनाको तयारी, ओम्नीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी तथा संवैधानिक पदमा नियुक्त हुनेको नामावली तयारीमा समेत इश्वर र विष्णुको सिफारिस कार्यान्वयन हुने गरेका थिए ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन ११, १३: २०: ५३

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन ११, १३: २०: ५३

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन ११, १३: २०: ५३

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP