May 11, 2021, Tuesday

बाजुरामा ग्रामीण सडकको भाडा प्रतिकिलोमिटर रु. ११ दरले निर्धारण

नयाँ विकल्प

बाजुरा । बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हुँदै आएका जीपको सर्वपक्षीय भेलाबाट भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

पूर्वी उत्तरी भेगमा जोडिएको मार्तडी–कोल्टी, मार्तडी गौमुल, मार्तडी आटिचौरलगायत सडकको प्रतिकिलोमिटरमा रु ११ का दरले भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारीले बताए । 

जीप व्यवसायीले चर्को भाडा लिने गरेको चौतर्फीरुपमा गुनासो आएकाले व्यवसायी, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीलगायत सर्वपक्षीय भेलाबाट उक्त भाडा लिने सहमति भएको हो। 

जीप व्यवसायीले मनोमानी भाडा असुल्ने र क्षमताभन्दा बढी  यात्रु राख्ने गरेकाले सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा व्यवसायीहरुलाई बोलाएर मार्तडी–कोल्टी र  अन्य सडकमा सञ्चालन हुने जीपका लागि भाडा कायम गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताए ।

मार्तडीदेखि कोल्टीको प्रतिकिलोमिटर रु ११ का दरले रु ४७३ भाडादर कायम गरिएको र सो भाडा अन्य ग्रामीण सडकमा चल्ने जीपका व्यवसायीले समेत लागू गर्नुपर्ने प्रहरीप्रमुख महराले  बताए । 

सर्वपक्षीय भेलाले रुट अनुमति नभएका सवारी साधन र सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन चलाउन नपाउने  र चलाएको पाइएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ । 

चलानी पत्र र टिकट अनिवार्य काट्नुपर्ने तथा जीपमा भाडादर टाँस्नुपर्ने सो नगरिएमा कानूनी कारवाही गरिने भएको छ । 

यस्तै जथाभावीरुपमा सवारी साधन पार्किङ गर्न नपाइने, दुनिहाट बजारका हकमा साँझ ७ र बिहान १० बजेसम्म मात्र  सामान लोड अनलोड गर्ने र सो नगरिएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

सर्वपक्षीय  बैठकमा गरिएको मार्तडी कोल्टी र अन्य ग्रामीण सडकमा  सञ्चालन हुने जीपको भाडा प्रतिकिलोमिटर रु ११ का दरले ४७३ कायम गरिएकोमा व्यवसायीहरुले असुन्तुष्टि जनाएका छन् ।  

व्यवसायीहरुले मार्तडीदेखि कोल्टीसम्मको ८०० रुपैया भाडा बनाई दिन माग गरेपनि सर्वपक्षीय बैठकले ४७३ रुपैया भाडादर कायम गरेपछि असन्तुष्टी जनाएका हुन् । 

जय मालिका यातायात प्रा.लि. बाजुराका उपाध्यक्ष पृथ्वी रावलले कोल्टी क्षेत्रमा जीपहरु सो भाडामा सञ्चालन गर्न नसकिने भएकाले रिजर्भबाहेकमा जीपहरु पुनः सञ्चालन नगर्ने बताए । 

जीप व्यवसायी, बडीमालिका नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, प्रहरीप्रमुख र पत्रकारहरुको सर्वपक्षीय बैठकले उक्त भाडा निर्धारण गरेको हो । रासस

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन ११, १४: ३२: १२

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन ११, १४: ३२: १२

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन ११, १४: ३२: १२

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP