May 11, 2021, Tuesday

२१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट


नयाँ विकल्प
काठमाडाैं-सेयर बजारको परिसूचक नेप्से मंगलबार २१ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २५८६ अंकमा कायम भएको छ। यस दिन बजार खुलेपछि नै तीव्र गतिमा ओरालो लागेको हो, यद्यपि अन्तिममा बजार केही सम्हालिएको थियो। १ बजेतिर परिसूचक २५१९ अंकसम्म झरेको थियो।

कुल ८ अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। परिसूचक घटे पनि नेपाल फाइनान्स, अपि पावर, लिवर्टी इनर्जी र हिमालय पावर पार्टनरको मूल्य १० प्रतिशतले बढेको छ। यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ। बिक्रीमा करिब १० लाख कित्ताको चाप परेकाले अब केही दिन कम्पनीको मूल्य घट्न सक्छ।

कम्पनीको मूल्य हिजोसम्म दैनिक १० प्रतिशतले नै बढेको थियो। आज कारोबार खुल्दा १० प्रतिशतले बढेको मूल्य ७२६ रुपैयाँसम्म पनि कारोबार भयो। तर कारोबार सुरु भएको केही बेरमै मूल्य १० प्रतिशतले घटेर ५९४ रुपैयाँ कायम भयो। आँखुखोला जलविद्युतको मूल्य ६.६ प्रतिशतले घटेको छ। कारोबारका आधारमा पनि इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो भने माथिल्लो तामाकोसीको ४३ करोडको कारोबार भयो।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन ११, १६: ४०: ४१

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन ११, १६: ४०: ४१

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन ११, १६: ४०: ४१

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP