May 11, 2021, Tuesday

प्रचण्डद्वारा २०औं मजदुर दिवसको अवसरमा सम्बोधन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वास व्यक्त गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले पेरिसडाँडामा आयोजना गरेको ‘२०औँ मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले, जनयुद्ध र जनआन्दोलनका बलमा संविधानसभाबाट घोषणा भएको संविधानअनुसार गठन भएको सर्वोच्च अदालतलबाट प्रतिनिधिसभा पुनःस्थापना हुने बताए ।

सरकारको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उक्त विषय सर्वोच्च अदालतबाट निरुपण हुने क्रममा रहेको छ । प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस सकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । केहीदिनभित्रै फैसला आउने अपेक्षा गरिएको छ । 

“नयाँ संविधानअनुसार बनेका निकायले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन् ।” प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने पूरा विश्वास छ ।

संविधान गतिशील र जीवित दस्तावेज भएको उल्लेख गर्दै, जनताको पक्षमा जहिले पनि संविधान संशोधन गर्न सकिने बताए । 

दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा जनतालाई अधिकार दिनुपर्छ भनेर संविधान संशोधन गर्न प्रस्ताव लगेको स्मरण गर्दै उनले राष्ट्रिय आवश्यकतानुसार संविधान संशोधन गर्न सकिने बताए ।  

नेकपा मजदूर इञ्चार्ज जयपुरी घर्तीले मुलुकको परिवर्तनमा श्रमिक वर्गको भूमिका महत्वपूर्ण रहे पनि त्यसपछि बनेका सरकारले मजदूरका अधिकार सम्बोधन गर्न नसकेको बताए ।

“जनयुद्ध, जनआन्दोलनमा मजदूरको भूमिका अतुलनीय रह्यो तर आज तिनै मजदूर विना पारिश्रमिक कामबाट निष्काशित हुनु परेको बताए । सो कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो । 

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन ११, १६: ५१: १०

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन ११, १६: ५१: १०

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन ११, १६: ५१: १०

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP