May 11, 2021, Tuesday

१० लाख लिएर एपीवान टिभिले कार्यक्रम प्रशारण नगरेको र रकम फिर्ता नदिएको भन्दै काउन्सिलमा उजुरी


नयाँ बिकल्प,
काठमाडौं । राजधानीबाट प्रशारण भइरहेको मूलधारको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था एपीवान टेलिभिजनले एक संस्थासँग कार्यक्रम प्रशारण गर्ने भनी १० लाख रुपैयाँ लिएर खाएको पीडितले गुनासो गरेका छन् ।

ओमेगा इन्टरटेन्मेन्ट प्रालीका सिइओ प्रवेश सम्राट नामले चिनिएका विष्णु बरालले एपीवान टेलिभिजनसँग एउटा टेलिभिजन कार्यक्रम संचालन गर्न भनि दिएको पेश्की बापतको रकम फिर्ता नदिएको र कार्यक्रम पनि प्रशारण गर्न नदिएको भन्दै प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

ओमेगाका सिईओ बराल र टेलिभिजनका तत्कालिन विक्री तथा माकेटिङ निर्देशक शम्भु गुरागाईंबीच आजभन्दा तीन वर्षअघि अर्थात २०१८ मार्च १८ मा भएको सम्झैता बमोजिम एउटा टेलिभिजन कार्यक्रम संचालन गर्न भनी दश लाख रुपैयाँ ओमेगाले टेलिभिजनलाई बझाएको थियो ।

विभिन्न कारण देखाउँदै कार्यक्रम संचालन हुन नसकेपछि पेश्कि बापतको रकम फिर्ता माग्न ओमेगाका तर्फबाट बरालले गत २१ अक्टोबर २०२० मा लिखित निबेदन दिएका थिजए । तर उनको निवेदनमाथि सुुनुवाई नभएपछि बराल टिभिको कार्यालय गएकोमा कर्मचारीले उल्टै धम्की दिएको उजुरीमा जनाइएको छ ।

आफ्नो फसेकको रकम सम्झौता बमोजिम कार्यक्रम प्रशारण नभएपछि फिर्ता माग्न २०७७ पुस २४ गते शुक्रवार एपीवान टेलिभिजनको कार्यालयमा गएका विष्णु बराललाइृ कर्मचारीहरुले उल्टै धम्काएको दाबी गरेका छन् ।

टेलिभिजनका कर्मचारीहरुले पुस १९ गते रिपोर्टिङ गरी तयार पारेको बैदेशीक रोजगारीमा ठगी सम्वन्धी रिपोर्ट टेलिभिजनको खुल्ला मञ्च नामका कार्यक्रममा पुस २२ गते प्रशारण गर्ने भनिएकोमा बैदेशीक रोगजारीमा ठगिएकाहरुलाई पीडामाथि पीडा थप्दै बैदेशीक रोजगार कम्पनिको प्रलोभनमा परेको उजुरीकर्ता बरालले दाबी गरेका छन् ।

प्रेस काउन्सिलमा गत पुस २८ गते बरालले दर्ता गरेको उजुरीमा सम्झौता अनुसारको रकम फिर्ता गराई दुव्र्यवहार गर्ने एपीवानका कर्मचारीमाथि कारबाहीको माग गरिएको छ ।

आफ्नो प्रसारण गर्न ठिक्क पारिएको रिपोर्ट प्रशारण नभएको विषयमा एपीवान टिभिका खुल्लापञ्च कार्यक्रमका निर्माता बिष्णु पन्तले समय दिएकै आधारमा कुराकानी गर्न जाँदा टेलिभिजनको कार्यालयमा रहेका टेलिभिजनका चार्टड एकाउण्टेण्ट केसरी बल्लब दाहालकै सामुन्नेमा पन्तले आफूमाथि अश्लिल शब्द प्रयेग गर्दै, गालि गलौज र हातपात गरेको बरालले दाबी गरेका छन् ।

बरालले आफूलाई मार्केटिङ्ग र अन्य विभागका गरी ५ –६ जना कर्मचारीले अश्लिल शब्दले गाली गरेको बताए । तसर्थ पत्रकारितालाई राजनीतिको आडमा विद्यार्थी लगाएर कार्यालयमै हात–पात गर्ने एपीवान टेलिभिजन प्रशासनले पत्रकारिताको नाममा सौदावाजी गरिरहेको बरालले दाबी गरे ।

टेलिभिजनका दोषी कर्मचारीलाई कडा कारबाही गरी आफ्नो सम्झौता बमोजिमको रकम फिर्ता गर्न भनी प्रेस काउन्सिलमा बरालले निवेदन दिए पनि एक साता नवित्दै काउन्सिलले आफ्नो कार्यक्षेत्र भित्र नपर्ने भन्दै कारबाही अघि नबढाएको बरालले गुनासो गरे ।

संचारकर्मी र संचारमाध्यमको शक्तिको आडमा एपीवान टेलिभिजनले आफूर आफूजस्तै कार्यक्रम संचालन गर्न सम्झौता गरेका व्यवसायीहरु पीडित भएको विष्णुु बरालले नयाँबिकल्पसँग गुनासो गरे ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन ११, १७: ५१: ५१

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन ११, १७: ५१: ५१

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन ११, १७: ५१: ५१

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP