May 17, 2021, Monday

भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा


नयाँ विकल्प


काठमाडाैं -बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरेको हो। बढुवा भएका दुबै जनालाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन्।

नेपाल प्रहरी प्रवक्ताका केन्द्रिय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरलेका अनुसार घटना अनुसन्धानमा उनले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधान कार्यालयले उनीहरूलाई बुधबार बढुवाको निर्णय गरेको हाे ।

भागरथी घटनाको अनुसन्धानमा संलग्न अन्य पाँच जना प्रहरीहरू पनि पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरबन्दी भएका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोक बहादुर कुँवर छन्।


बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको थियो। साे घटनाकाे १३ दिनमै प्रहरीले अनुसन्धान पुरा गरेकाे थियाे ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १३, ११: ३५: ३८

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १३, ११: ३५: ३८

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १३, ११: ३५: ३८

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP