May 17, 2021, Monday

अवैध बाटो प्रयोग गरी रकमसहित दुई नियन्त्रणमा

नयाँ विकल्प
कञ्चनपुर–दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ ।

पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ वर्षीय छोरा प्रयाससिंह ठकुरीलाई बोर्डर आउट पोष्ट कुतियाकभरबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

अवैध बाटोको प्रयोग गरी नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शङ्का लागि जाँच गर्दा भारतीय रुपैयाँ दुई हजार दरको ६३ थान र ५०० दरको ३४८ थान गरी भारतीय रु ३ लाख रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

दुवैबाट नेपाली रकम रु २७ हजारसमेत बरामद भएको छ । “भारतीय र नेपाली रकम गरी दुवैबाट रु ५ लाख ७ हजार रकम बरामद भएको छ ।” यसका अतिरिक्त कुकुर बाँध्ने गोल्डेन कलरको दुई थान चेनसमेत बरामद गरिएको छ ।”

विदेशी मुद्रा अपचलनअन्तर्गत कानूनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बरामद रकमसहित दुवैलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरको भनाइ छ ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १३, १२: २०: १५

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १३, १२: २०: १५

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १३, १२: २०: १५

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP