May 17, 2021, Monday

कैलालीका किसानको रोजाइमा मेन्था खेती

नयाँ विकल्प
टीकापुर–कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ ।

धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको जमिनमा कैलाली टीकापुर क्षेत्रका किसानले मेन्था खेती गरेर राम्रो आम्दानी लिने गरेका छन् ।

मेन्था खेतीबाट राम्रो आम्दानी हुनुका साथै अर्को बालीको उत्पादन बढाउन सहयोग पुग्ने भएकाले मेन्था खेती गर्ने किसान बढ्दै गएका छन् ।

गत वर्ष तोरी खेती भित्र्याएपछि खाली रहेको चार कठ्ठा जमिनमा मेन्था खेती गरेका किसान रमेश चौधरीले यस वर्ष १० कठ्ठामा खेती गर्ने तयारी थालेका छन् ।

“दुई बाली खेती भित्र्याएपछि खाली रहेको जमिनमा खेती गरेर राम्रो आम्दानी भयो । यो खेती गर्न अन्य बालीभन्दा सजिलो हुने बताए ।”

रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने र अर्को बालीलाई फाइदा पुग्ने भएकाले मेन्था खेती विस्तार भइरहेको जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्बासेले बताए ।

“यो खेतीमा रोग लाग्दैन, यसमा कुनै किसिमको विषादी प्रयोग गर्न आवश्यक छैन ।” मेन्था खेती गाईवस्तुले पनि नोक्सान गर्दैनन् । यो खेती गरेपछि अर्को बालीका लागि मलको कामसमेत गर्छ । जडीबुटी खेती गरेमा फाइदा धेरै छन् ।

गत वर्ष पनि यस क्षेत्रमा ३० हेक्टर जमिनमा मेन्था खेती भएको थियो । मेन्था खेतीका लागि अहिलेसम्म २६ हेक्टर जमिनका लागि १४३ किसानले साढे तीन टन मेन्थाको सकर लगिसकेको छ । “प्रत्येक दिन मेन्थाको सकर लिने आउने कृषक बढिरहेका छन् ।”

माघदेखि चैतको पहिलो सातासम्म रोप्न सकिने भएकाले दैनिक किसानलाई आवश्यक पर्ने सकर दिइरहेका छौँ, यस वर्ष खेती बढ्ने अनुमान गरेका छन् ।

प्रतिकठ्ठा छ देखि आठ किलोग्राम सकर लाग्ने गर्दछ र यसका लागि जडीबुटी कार्यालयले किसानलाई बिनालगानी सहुलियतरूपमा मेन्थाको सकर दिने गरेको छ । यसबाट सहजरूपमा खेती गर्न सकिने र प्रशोधन तथा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समयमा किसानले यो खेतीप्रति रुचि बढाएको बताए ।

वि.सं २०४९ देखि पाँच प्रकारका जटीबुटी खेतीलाई विस्तार गर्दै आएकोे जडीबुटी प्रशोधन केन्द्र टीकापुरले किसानलाई अनुदान तथा राहतका कार्यमा सहयोग गरे मेन्था उत्पादन वृद्धि हुने किसानको भनाइ छ ।

“यसरी जडीबुटीमा लागेका किसानलाई स्थानीय सरकार र प्रशोधन केन्द्रले अनुदान, प्राविधिक सहयोग बढाउन आवश्यक छ ।” किसानलाई सघाउने कार्यक्रम भए धेरै लाभ लिन सकिने किसानहरुको भनाई छ । रासस

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १४, १२: ०८: २७

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १४, १२: ०८: २७

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १४, १२: ०८: २७

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP