May 17, 2021, Monday

नेकपाका दुुई समूह मिलाउन चिनियाँ राजदूतको दौडधुप


नयाँ बिकल्प,
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै दुुई समूहमा बिभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मिलाउन चिनियाँ राजदूत हाउ यान्छीको गतिविधि फेरि बढ्न थालेको छ ।

प्रतिनिधि सभा पुनःस्थापना भएपछि नेकपाका उपाध्यक्ष वामदेव गौतमले संक्रमणकालीन समयमा आफूलाई अध्यक्ष दिए पार्टी एकता गर्ने भनेर विज्ञप्ति जारी गरेकै दिन चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेकी छन् ।

प्रधानमन्त्री ओलीसँगको सल्लाहपछि यान्छीले गृहमन्त्री थापा लगायतका नेताहरुसँग बिहीबार भेट गरेकी हुन् । गृह मन्त्रालय पुुगेकी चिनियाँ राजदूत यान्छीले गृहमन्त्री बादलसँग एकघण्टा कुराकानी गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीलाई सम्मानजनक बिदाई गर्दै नेकपाकै सरकार बनाउन प्रयास गरौं भन्ने गौतमले बिहीबार बिहान खुमलटार पुगेर अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष पुुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग मिलेर ओलीलाई कारबाही गरेका थिए । तर, उपाध्यक्ष बामदेव गौतम भने कतै पनि नलागी तठस्थ बसेका थिए ।

ओली र दाहालबीच बिबाद बढ्दै जाँदा पार्टी फुट्ने तहसम्मको स्थिति आउँदा चिनियाँ राजदूत यान्छी सक्रिय हुँदा कुटनीतिक मर्यादा नाघेर मुलुकको आन्तरिक राजनीतिमा हस्तक्षेप र दबाब बढाएको आरोप उनलाई लाग्दै आएको छ ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १४, १३: १८: ५२

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १४, १३: १८: ५२

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १४, १३: १८: ५२

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP