May 17, 2021, Monday

अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

नयाँ विकल्प

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालनमा ल्याएको छ ।

अध्यक्ष आकस्मिक उपचार कोषमार्फत गाउँपालिकाभित्रका नागरिकलाई सरकारले निःशुल्क गरेबाहेक घातक रोग उपचारका लागि बढीमा रु ५० हजारसम्म सहयोग गरिने भएको छ ।

गाउँपालिकाले अध्यक्ष आकस्मिक उपचार कोष कार्यान्वयन विनियम जारी गर्दै मान्यता प्राप्त स्वास्थ्य संस्थाको प्रमाणित बिल र रोगको प्रकृतिका आधारमा भुक्तानी दिने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद गुरुङले बताए ।

गाउँपालिकाले बढीमा रु २० लाखसम्मको अध्यक्ष आकस्मिक उपचार कोष खडा गर्ने भएको हो । उपचार कोषको रकम एक आर्थिक वर्षमा खर्च नभए आफ्नो क्षेत्रभित्रको भौतिक संरचना पुनःनिर्माण तथा मर्मतका लागि खर्च गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रत्येक आवमा अध्यक्ष आकस्मिक उपचार कोषका लागि गाउँपालिकाले कम्तीमा रु २० लाखसम्मको रकम विनियोजन गर्नुपर्ने विनियममा उल्लेख गरिएको छ । स्थानीय सरकारका तर्फबाट गाउँपालिकाभित्रका नागरिकका लागि यो ठूलो सहयोगका रूपमा रहने प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १६, ०९: ४८: ३२

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १६, ०९: ४८: ३२

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १६, ०९: ४८: ३२

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP