May 17, 2021, Monday
प्रचण्डको १० बुँदे जवाफ सर्वोच्च अदालतमा

अदालतले संविधान व्याख्याा गर्ने हो, त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन –प्रचण्ड


नयाँ बिकल्प,

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीशमाथी आफूबाट कहिल्यै पनि लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने वा न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट नभएको बताएका छन् ।

अदालतको अवहेलना मुद्दामा आइतबार सर्वोच्च अदालतमा १० बुँदे लिखित जवाफ पेश गर्दै अध्यक्ष प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध प्रदर्शन भने भईरहेको जनाएका छन् । उनले आफूले अदालतलाई धम्की दिएको भन्ने दाबी झुटो भएको भन्दै आफूविरुद्धको रिट खारेज गर्न माग गरेका छन् ।

प्रचण्डले आफ्नो जवाफका क्रममा भनेका छन् ‘सम्मानीत अदालतले संविधान व्याख्याा गर्ने हो, त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन । त्यसैले हाम्रो, जुलुस, नारा र भाषणले स्वतन्त्र, सक्षम न्यायपालिका (अदालत)लाई प्रभाव पार्ने र पर्ने कुरा हुन सक्दैन् । सरकार उसका नातेतदार अदालतलाई कमजोर बनाउन चाहन्छन् ।’

वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई लिएर अदालतमा निवेदन परिसकेको भन्दै उनले विरोधमा देशभर सर्वत्र विरोध भैरहेको र यसबारेमा आफू यहाँ केही बोल्न नचाहेको बताएका छन् ।

हेर्नुस प्रचण्डले आफूबिरुद्ध परेको अदालतको अवहेलना मुद्धामा आइतबार सर्वोच्च अदालतमा पेश गरेको लिलिखत पाठको बिबरण –

CamScanner 02-28-2021 11.22
CamScanner 02-28-2021 11.22
CamScanner 02-28-2021 11.22

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १६, १२: ५४: ४२

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १६, १२: ५४: ४२

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १६, १२: ५४: ४२

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP