May 17, 2021, Monday

राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन भएको छ ।

२०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य भएका उप्रेतीले पञ्चायती शासनको बिरुद्ध आन्दोलनका क्रममा पटक–पटक जेल नेल भोगेका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा २०१८ सालमा कैलालीको धनगढीबाट सेवा शुरु गरी पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० बर्ष सेवा पुर्याएका थिए ।

आर्थिक रुपले सामान्य स्थितिमा रहेका जो कोही नागरिकले उप्रतिको क्लिनकबाट निःशुल्क उपचार पाउने गरेका छन् । स्वर्गीय उप्रेति प्रसिद्ध साहित्यकार प्रा.डा. सञ्जिव उप्रेतीका पिता हुन् ।

उप्रतिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उप्रतिको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १६, १३: ४३: १७

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १६, १३: ४३: १७

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १६, १३: ४३: १७

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP