May 17, 2021, Monday

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु


नयाँ बिकल्प,

काठमाडौं । राजधानी काठमाडौंका वासिन्दाले जीवित संस्कृतिको सम्पदाको रुपमा मान्दै आएका सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र पुननिर्माण कार्यको शुरु भएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसील ज्ञवाली र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार एक समारोहबीच शुभारम्भ गरेका हुन् ।

साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाए बमोजिम ५ अर्ब आठ करोड आर्थिक सहयोग गर्ने घोषणा बमोजिम पुनर्निर्माण हुन लागेका २८ साँस्कृतिक सम्पदा मध्ये सोता मच्छिन्द्रनाथ पहिलो परियोजना भएको भारतीय दुतावासले जनाएको छ ।

२०१७ अगस्टमा सांस्कृति सम्पदा क्षेत्रहरुको पुनर्निर्माण गर्ने उदेश्यले नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनःनिर्माण कार्य अघि बढाइएको दुतावासले जनाएको छ ।

२०७२ बैशाख १२ गते गएको भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनस्र्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापना गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

यी सम्पदाहरुको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामाग्रीहरुको यथासक्य प्रयोग गरिने र मन्दिरको साज सज्जा तथा काष्ठकला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पुर्याइउको जनाइएको छ ।

परम्परागत पोलिक्रोम कलाको संरक्षण तथा सम्बद्र्घन गरिने तजा नेपाल सरकारले अनुमोदन गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार संरक्षण तथा पुनस्थर्नपना कार्यमा भारतीय राष्ट्रिय कला र संस्कृतिक सम्पदा कोष (आईएनटीएसीएच) ले प्राविधिक सहयोग प्रदान गरेको भारतीय दुुतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

२०७२ को भूकम्पले क्षतिग्रस्त यो मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौं शहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाई हिन्दू र बौद्घ धर्मावलम्बीहरुले आस्थाका साथ पूजा गर्छन् ।

जीवित साँस्कृतिक सम्पदाहरुको परम्परागत गौरव गाथालाई संरक्षण गर्न यी क्षेत्रहरुको संरक्षण एवम् पुनर्निर्माणमा नेपाल सरकारसँग आबद्घ हुन पाएकोमा भारत सरकारले हर्ष प्रकट गरेको छ ।

सो भूमीपुजन कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्य, काठमाडौंका उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्यामकिशोर सिंह, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव गोपालप्रसाद अर्याल, पुरातत्व विभागका प्रमुख कार्यकारी रामबहादुर कुँवर, हनुमान ढोका संग्रहालयका प्रमुख कार्यकारी सन्दीप खनाल लगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १६, १७: ४९: २४

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १६, १७: ४९: २४

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १६, १७: ४९: २४

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP