April 23, 2021, Friday

महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै

नयाँ विकल्प

काटमाडाैं-नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ ।

महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो । ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्री प्रदर्शनमा राखिने महिला उद्यमी विकास समितिकी संयोजक सवितासिंह महर्जनले जानकारी दिइन ।

उक्त मेलालाई ललितपुर महानगरपालिका, ललितपुर हस्तकला सङ्घको सहयोग रहेको छ । मेलामा काठमाडौँ उपत्यकाका महिला उद्यमीले निर्माण गरेका हस्तकलाका सामाग्री प्रदर्शनमा राखिने महासङ्घले जनाएको छ ।

मेलामा ५० भन्दा बढी कक्ष रहनेछन् । यस्तै, नेपाल हस्तकला महासङ्घको आयोजनामा विसं २०७८ वैशाख ९ देखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हस्तकला मेला आयोजना हुन लागेको छ । नेपालको हस्तकला विश्वमाझ चिनाउनका लागि हरेक वर्ष आयोजना हुने उक्त मेला विसं २०७७ मा कोरोना सङ्क्रमणका कारण रोकिएको थियो ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ फाल्गुन १७, ०९: २६: १७

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ फाल्गुन १७, ०९: २६: १७

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ फाल्गुन १७, ०९: २६: १७

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP